मेचीनगर-४ ले वडाबासीलाई नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ ले वडाबासीलाई नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडा कार्यालयले साउन १ गतेदेखि लागु हुनेगरी वडाबासीको लागि जिल्लाभर नि-शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो।
वडाध्यक्ष अर्जुनकुमार कार्कीले चुनावी घोषणा बमोजिम आफ्नो नेतृत्वमा रहेको मेचीनगर-४ वडा कार्यालयले वडाका आकस्मिक तथा विशेष विरामीहरूलाई जिल्लाभर एम्बुलेन्स सेवा नि-शुल्क प्रदान गर्ने निर्णय गरिएको बताए ।
विकास निर्माणसंगै जनताको लागि वडामा धेरै गर्नुपर्ने छ उनले भने, अहिले वडाबासीको दुस्खमा थोरै भएपनि समन्वय गर्ने प्रयास गरिएको बताए ।
मेचीनगर-४ मा वडाध्यक्ष कार्कीसंगै वडासदस्यहरु नुरबहादुर कार्की, पवन बराइली, गिता थापा लुङ्गेली र धनमाया कोइराला छन् ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...