मेचीनगर : जटिल प्रकृतिका बिरामीले पाउने भए उपचार खर्च

मेचीनगर । नेपाल सरकारले दिने भनेको जटिल प्रकृतिका बिरामी नागरिकले पाउनु पर्ने उपचार वापतको रकम अब मेचीनगरबासीले पाउने भएका छन् ।
सरकारले दिने भनेको भएता पनि मेचीनगरमा रहेका जटिल प्रकृतिका बिरामीहरू (मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइएका, क्यान्सरका बिरामी, मेरूदण्ड पक्षघात) ले अहिलेसम्म सो उपचार खर्च वापतको पाउनुपर्ने रकम पाइरहेका थिएनन् । उनीहरूले रकम समयमा उपलब्ध नहुँदा समस्या झेलिरहेका थिए । तर, नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले राज्यले दिने भनेको रकम उपलब्ध नहुदाँ नगरबासीलाई समस्या भएको भन्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बारम्बार पत्र पठाउँदै ताकेता गरेका थिए ।
नगरका जटिल प्रकृतिका बिरामीहरूको उपचारमा सहयोगका लागि नगर प्रमुख बुढाथोकीले माग भएका २०१ जना बिरामीको आर्थिक बर्ष २०७९/०८० को लागि उपचार खर्च वापतको रकम रू ८७ लाख २० हजार रूपैयाँ यथाशीघ्र उपलब्ध गराउन २०८० साल असार ४ गते मात्रै पनि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएका थिए । सोही अनुरूप मन्त्रालयले सो वापतको उपचार खर्च रकम ८७ लाख २० हजार रूपैयाँ रकम उपलब्ध गराएको छ ।
अब मेचीनगरका लक्षित बिरामी वर्गले राज्यले तोकेको उपचार वापतको रकम पाउने भएका हुन् । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाका अनुसार अब नगरपालिकाले प्रत्येक वडाबाट यकिन गरि दोहोरो सुविधा उपभोग नगरेका लक्षित बिरामीहरूलाई सो रकम उपलब्ध गराउने बताइन् ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...