काँकरभिट्टामा अब मापसेसँगै लापसे जाँच

मेचीनगर । अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अपैद्य ओसारपसार विरुद्धको दिवसको अवसरबाट काँकरभिट्टामा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको शुरुवात भएको छ । लागुपदार्थ सेवन गरेको नगरेको थाहा पाउन सक्ने किटको माध्यमबाट राजमार्गमै लापसे (लागुपदार्थ सेवन) चकजाँकको अभियान शुरु भएको हो ।
लागुऔषध सेवन गरेर सवारी चलाउनाले देशैभर दुर्घट्नाको तथ्यांक बढिरहेको छ । जसलाई मध्यनजर गर्दै लागुऔषधकै क्षेत्रमा पूर्वीनाकामा सक्रिय सुरक्षाकर्मी, ट्राफिक प्रहरी लगायतको तदारुकतामा यस अभियानको शुरुवात भएको हो ।
जुन अभियान अन्तर्गतको पहिलो दिन हिजो (सोमबार) सार्वजनिक बस, म्याजिक, सिटि सफारी लगायतका चालकलाई लागुऔषध सेवन परिक्षण गरिएको थियो । जसमा दुई जना चालक लागुऔषध सेवन गरेर सवारी चलाएको अवस्थामा भेटिएका थिए ।
उनीहरुलाई आवश्यक कारवाही अघि बढाइएको ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका इन्चार्ज लिला श्रेष्ठले जानकारी दिए ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...