काँकरभिट्टामा अब मापसेसँगै लापसे जाँच
मेचीनगर । अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अपैद्य ओसारपसार विरुद्धको दिवसको अवसरबाट काँकरभिट्टामा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको शुरुवात भएको छ । लागुपदार्थ सेवन गरेको नगरेको थाहा पाउन सक्ने किटको माध्यमबाट राजमार्गमै लापसे (लागुपदार्थ सेवन) चकजाँकको अभियान शुरु भएको हो ।
लागुऔषध सेवन गरेर सवारी चलाउनाले देशैभर दुर्घट्नाको तथ्यांक बढिरहेको छ । जसलाई मध्यनजर गर्दै लागुऔषधकै क्षेत्रमा पूर्वीनाकामा सक्रिय सुरक्षाकर्मी, ट्राफिक प्रहरी लगायतको तदारुकतामा यस अभियानको शुरुवात भएको हो ।

जुन अभियान अन्तर्गतको पहिलो दिन हिजो (सोमबार) सार्वजनिक बस, म्याजिक, सिटि सफारी लगायतका चालकलाई लागुऔषध सेवन परिक्षण गरिएको थियो । जसमा दुई जना चालक लागुऔषध सेवन गरेर सवारी चलाएको अवस्थामा भेटिएका थिए ।
उनीहरुलाई आवश्यक कारवाही अघि बढाइएको ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका इन्चार्ज लिला श्रेष्ठले जानकारी दिए ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
