जेठ २२ देखि धाइजनमा सांस्कृतिक महोत्सव
मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले झापा मेचीनगरको धाइजनमा सांस्कृतिक महोत्सव सञ्चालन गरिने भएको छ ।
तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठान मेचीनगर १४ को आयोजनामा यहीँ जेठ २२ गतेदेखि ३१ गतेसम्म धाइजन− दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव हुने भएको हो । स्थानीय क्षेत्रको पहिचान तथा प्रतिष्ठानलाई सहयोग गर्ने उद्देश्य राखेर महोत्सव आयोजना गरिएको महोत्सव संयोजक सुरेश बुढाथोकीले जानकारी दिए ।
मेचीनगर−१४ धाइजन चोक उत्तरमा महोत्सव स्थलको तयारी थालिएको छ । महोत्सवमा २० वटाबढी स्टल रहनेछन् । महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने महोत्सव समितिका सदस्य राजन प्रसाईले बताए ।
महोत्सव अवधिभर राष्ट्रि«य तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति रहनेछ । साँझ ७ बजेपछि सांगीतिक कार्यक्रम आयोजना गरिनेछ । महोत्वसमा चर्चित राष्ट्रिय कलाकार सुगम पोख्ररेल, ज्योति मगर, रचना रिमाल, जिबफ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका ठेकेदार गणेश राउतले बताए । महोत्सव प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
