जेठ २२ देखि धाइजनमा सांस्कृतिक महोत्सव

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले झापा मेचीनगरको धाइजनमा सांस्कृतिक महोत्सव सञ्चालन गरिने भएको छ ।
तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठान मेचीनगर १४ को आयोजनामा यहीँ जेठ २२ गतेदेखि ३१ गतेसम्म धाइजन− दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव हुने भएको हो । स्थानीय क्षेत्रको पहिचान तथा प्रतिष्ठानलाई सहयोग गर्ने उद्देश्य राखेर महोत्सव आयोजना गरिएको महोत्सव संयोजक सुरेश बुढाथोकीले जानकारी दिए ।
मेचीनगर−१४ धाइजन चोक उत्तरमा महोत्सव स्थलको तयारी थालिएको छ । महोत्सवमा २० वटाबढी स्टल रहनेछन् । महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने महोत्सव समितिका सदस्य राजन प्रसाईले बताए ।
महोत्सव अवधिभर राष्ट्रि«य तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति रहनेछ । साँझ ७ बजेपछि सांगीतिक कार्यक्रम आयोजना गरिनेछ । महोत्वसमा चर्चित राष्ट्रिय कलाकार सुगम पोख्ररेल, ज्योति मगर, रचना रिमाल, जिबफ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका ठेकेदार गणेश राउतले बताए । महोत्सव प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको छ ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...