सदस्यसँग गृहलक्ष्मी साकोस : सम्मानदेखी निशुल्क एकलाखको विमासम्म
धुलावारी । झापाको मेचीनगर–९ मा रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाले सदस्य सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सस्थाको मेचीनगर–९ प्रधान कार्यालयको सभाहलमा शुक्रवार सदस्य सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
सस्था र सदस्यबिचको सम्वन्ध थप मजवुद बनाउने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको व्यवस्थापक सरोज मेहेराले बताए । सस्थाको बिर्तामोड, इटाभट्टा र गाडागल्ली सेवा केन्द्रसँग जोडिएका सदस्यसँग पनि यो कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
कार्यक्रममा सस्थाले सञ्चालन गरेको पेन्सन बचत कार्यक्रम अभियानमा सदस्यलाई अत्याधिक सहभागीता गराउन सफल बजार प्रतिनिधिा खेमकुमारी श्रेष्ठ (सुजता) (प्रथम) एन्जिला राउत डाँगी (द्वितिय) लाई मायाको चिनो तथा पुरस्कार वितरण गरिएको थियो ।
हालै सम्पन्न धुलाबारी खानेपानी संस्थाको सदस्य पदमा निर्वाचित हुने गृहलक्ष्मी साकोसकी क्षेत्रीय समन्वय समितिका सदस्य श्री लिला देवी गौतमलाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्य सम्म सहभागीता जनाउनुहुने सदस्यहरु मध्ये गोलाप्राथाबाट छनौट गरि पाँच जना भाग्यशाली सदस्य श्री सार्की दमाई, श्री निर्मला दर्जी, श्री राधिका भुजेल, श्री रोसन दाहाल, श्री कमल चन्द्र डाँगीलाई एक लाख बराबरको निशुल्क विमा गरिएको सस्थाका व्यवस्थापक मेहेराले बताए ।
गृहलक्ष्मी साकोसकी कार्यवाहक अध्यक्ष रेनुका डाँगीको अध्यक्षमा सम्पन्न कार्यक्रममा सस्थाको लेआ संयोजक इन्द्र श्रेष्ठ, जनप्रतिनिधि धनकुमार श्रेष्ठलगायतको सहभागीता रहेको थियो । सस्थाको सदस्य राजु धिमालले कार्यक्रम सञ्चालन गरेको थिए ।


धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र...
बिर्तामोड । झापाको मेचीनगरमा आजदेखि प्रथम चारआली गोल्डकप...
धुलाबारी । मेचीनगर–१० स्थित सामाजिक मेलमिलाप समाज नेपालको...
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...

