मेचीनगरमा किन झ्याप्प–झ्याप्प जान्छ बिजुली ?
मेचीनगर । पछिल्लो एक साता झापको विभिन्न भागमा बेखवर विद्युत कटानीले समस्या भएको छ । मेचीनगरसहित बिर्तामोड, भद्रपुर, दमकमा बिजुली गएर स्थानीयबासीलाई सास्ती बनाएको छ । दिनमा सात/आठ पटक विधुत जाने आउने गरिरहने स्थानीयले गुनासो गरेका छन् ।
झ्याप्प–झ्याप्प बिजुली गएर हैरान भएको मेचीनगरका गोपाल मैनालीले बताएका छन् । उनी भन्छन्, ‘काम गरेर हैरान भएर पंखा घुमाएर आराम गरौं भनो लाइन् काटिएर हैरान् । आएको लाइन पनि फेन नघुम्ने गरी आउँछ । भोल्टेज कम ।’
यसैगरी स्थानीय धमेन्द्र खड्काले अनावश्यक रुपमा बिजुली गएका कारण व्यापार व्यवसाय ठप्प भएको बर्ताका छन् । उनी भन्छन्, ‘अनलाइनको जुग छ बिना सूचना लाइन जादा व्यपारमा प्रभाव परेको छ । कम्तिमा लाइन काट्दा सूचना दिने गर्नुपर्छ ।’ उनले विद्युत प्राधिकरणको जवाफदेहिता नभएको बताएका छन् ।
विद्युत प्रधिकरण धुलाबारीका कार्यालय प्रमुख सुनिल कुमार महतोले यो समस्या कोशी प्रदेश भरी नै आएको दावी गरेका छन् । उनी भन्छन्, ‘दुहबीबाटै बिजुलीमा समस्या आइरहेको छ । आजभोलि लाइन जानु स्थानीय समस्या होइन । माथीबाटै सिस्टम गएको हो ।’,
उनले यो समस्या चाँडै समाधान हुने बताएका छन् । उनले यो समस्या समाधानको लागि आफूले पनि दवाव दिरहेको जिकिर गरेका छन् । तर, झापाको मेचीनगरलगायत जिल्लामा अघाेशीत लाेडसेटिङ भईरहेकाे स्थानियकाे भनाई छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
