मेचीनगरमा किन झ्याप्प–झ्याप्प जान्छ बिजुली ?

मेचीनगर । पछिल्लो एक साता झापको विभिन्न भागमा बेखवर विद्युत कटानीले समस्या भएको छ । मेचीनगरसहित बिर्तामोड, भद्रपुर, दमकमा बिजुली गएर स्थानीयबासीलाई सास्ती बनाएको छ । दिनमा सात/आठ पटक विधुत जाने आउने गरिरहने स्थानीयले गुनासो गरेका छन् ।
झ्याप्प–झ्याप्प बिजुली गएर हैरान भएको मेचीनगरका गोपाल मैनालीले बताएका छन् । उनी भन्छन्, ‘काम गरेर हैरान भएर पंखा घुमाएर आराम गरौं भनो लाइन् काटिएर हैरान् । आएको लाइन पनि फेन नघुम्ने गरी आउँछ । भोल्टेज कम ।’
यसैगरी स्थानीय धमेन्द्र खड्काले अनावश्यक रुपमा बिजुली गएका कारण व्यापार व्यवसाय ठप्प भएको बर्ताका छन् । उनी भन्छन्, ‘अनलाइनको जुग छ बिना सूचना लाइन जादा व्यपारमा प्रभाव परेको छ । कम्तिमा लाइन काट्दा सूचना दिने गर्नुपर्छ ।’ उनले विद्युत प्राधिकरणको जवाफदेहिता नभएको बताएका छन् ।
विद्युत प्रधिकरण धुलाबारीका कार्यालय प्रमुख सुनिल कुमार महतोले यो समस्या कोशी प्रदेश भरी नै आएको दावी गरेका छन् । उनी भन्छन्, ‘दुहबीबाटै बिजुलीमा समस्या आइरहेको छ । आजभोलि लाइन जानु स्थानीय समस्या होइन । माथीबाटै सिस्टम गएको हो ।’,
उनले यो समस्या चाँडै समाधान हुने बताएका छन् । उनले यो समस्या समाधानको लागि आफूले पनि दवाव दिरहेको जिकिर गरेका छन् । तर, झापाको मेचीनगरलगायत जिल्लामा अघाेशीत लाेडसेटिङ भईरहेकाे स्थानियकाे भनाई छ ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...