आराध्य साकोस : आँखा शिविरमा तीन सयले जचाँए आँखा

मेचीनगर । झापाको मेचीनगरमा आयोजित एक दिने नि:शुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आँखा परिक्षण गराएका छन् ।
मेचीनगर-७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने नि:शुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आफ्नो आँखा जाँच गराएका छन् ।
मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको प्राविधिक सहयोग रहेको आँखा शिविरमा १९ जनामा मोतियाबिन्दु समस्या देखिएको थियो । उनीहरुलाई आराध्य साकोसको समन्वयमा एक हप्ता भित्र शौलियतमा मेची नेत्रालयले अप्रेसन गरिदिने संस्थाका व्यवस्थापक दुलप मेचेले जानकारी दिए ।
आँखा शिविरमा हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पताल काठमाडौंले दुई सय जनालाई जाँचको आधारमा नि(शुल्क चस्मा वितरण गरेको थियो । त्यस्तै स्थानीय सावित्रा मेडिकल हलले पनि आँखा शिविरमा उपस्थित सबैको नि:शुल्क ब्लडप्रेशरलगायतको स्वास्थ्य जाँच गरेको थियो । आराध्य बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष गीता राजवंशीको अध्यक्षतामा आयोजना भएको आँखा शिविरको उद्घाटन मेचीनगर-७ का वडाध्यक्ष प्रल्हादमणी ओलीले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष ओलीले संस्थाले मानीसको सबैभन्दा संवेदनशिल अंग आँखाको स्वास्थ्य सम्बन्धि निशुल्क जाँच र उपचार गराउने कार्य प्रशंसनिय रहेको बताए । उनले प्राय सहकारी संस्थाहरुले बचत र ऋणको कारोवार मात्रै गर्ने गरेकोमा आराध्य साकोसले सामाजिक उत्तरदायि वहन गर्दै त्यसदेखि बाहिरपनि विभिन्न कार्य गरिरहेको अवगत गराए । साथै आगामी दिनमा स्थानीय सरकारको समन्वयमा पनि विभिन्न जनमुखी कार्यक्रम संस्थासंग सहकार्य गरेर गर्ने बताए ।
संस्थाका उपाध्यक्ष युवराज आचार्य, सचिव कमल ढुङ्गेल, लेखा समिति संयोजक नारायण दंगाललगायत स्थानीय टोलविकास समितिका अध्यक्षलगायतको आतिथ्यता रहेको कार्यक्रम सञ्चालन समितिका सदस्य अनुप मेचेले गरेका थिए ।

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...

मेचीनगर । मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण...

इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको...

धुलाबारी । थ्रिडी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक...