झापा नेशनल : रोबोटिक्स फेयरमा भाग्य न्यौपाने

मेचीनगर । मेचीनगर–७ स्थित झापा नेशनल स्कुलले १२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको दुई दिने ‘रोबोटिक्स फेयर’ मेला शनिबार सम्पन्न भएको छ ।
‘रोबोटिक्स फेयर’ मेलाको अन्तिम दिन अर्थात शनिबार पनि सयौंले अवलोकन गरेका थिए । सो दिन चर्चित युटुवर भाग्य न्यौपाने पनि सहभागी बनेका थिए । उनले विद्यार्थीले बनाएको रोबोटका बारेमा जिज्ञासा राखेका थिए । सोही क्रममा विद्यार्थीले रोबोटका विविध विषयमा जानकारी गराएका थिए ।
विद्यालय स्तरमा सम्भवतः पहिलो पटक आयोजना भएको रोबोटिक्स मेला सफलतापूर्वक सम्पन्न भएको झापा नेशनल स्कुलका संस्थापक प्रिन्सिपल कमल भेटवालले बताए ।
उनले विद्यार्थीको पहिलो प्रयासलाई विद्यालयले निरन्तरता दिने बताए । ‘रोबोटिक्स फेयर’ मेलाको उद्घाटन मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले गरेकी थिइन् ।

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...

मेचीनगर । मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण...

इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको...

धुलाबारी । थ्रिडी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक...