इ-साइकल कुदाएर कार्यक्रम उद्घाटन
मेचीनगर । विद्यार्थीले शिक्षाको विकास सगँसगैँ प्रविधिमा पनि फड्को मारिरहेका छन् भन्ने उदाहरण आज झापाको मेचीनगर स्थित झापा नेशनल स्कुलले प्रस्तुत गरेको छ ।
अतिथी र अविभावकले भरिभराउ चउरमा विद्यार्थी आफैँले बनाएका मानव यन्त्र ‘रोबोर्ट’ प्रदर्शन गर्दै विद्यालयले प्रविधिको रुपान्तरणलाई विद्यार्थीसगँ जोडेको हो ।
विद्यालय प्रांगणमा ‘रोबोटिक्स फेयर’ नामक आजबाट शुरु भएको मेलामा झापा नेशनलका विद्यार्थीले आफैँ निर्माण गरेका २० भन्दा बढी रोबोर्ट प्रदर्शन गरेका छन् । विगत २ बर्ष अघिदेखि विद्यालयले सिकाएको प्रविधिको ज्ञानलाई विद्यार्थीले आज देखाएका हुन् ।
इ-साइकल कुदाएर कार्यक्रम उद्घाटन
सामान्यतया कुनै पनि कार्यक्रम उद्घाटन गर्ने विभिन्न शैली छन् । पानसमा दियो बालेर, ब्यानर पढेर, विरुवामा पानी हालेर यी विभिन्न शैली कार्यक्रम उद्घाटन्का हुन । तर झापा नेशनल स्कुलले आज एक फरक अभ्यास गरेको छ । कार्यक्रमकी प्रमुख अतिथी मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोख्रेल उप्रेतीले आज विद्यार्थीले बनाएको यन्त्र जडित इ-साइकल कुदाएर कार्यक्रम उद्घाटन गरेकी छन् ।
कार्यक्रमकी प्रमुख अतिथी उप्रेतीले विद्यालय प्रांगाणमा एक फन्को लगाउँदै साइकल चढेर कार्यक्रम उद्घाटन गरेकी हुन् । ‘अत्याधुनिक प्रविधिलाई शिक्षासगँ जोड्दै विद्यालयले अत्यन्तै सार्थक अभ्यास गरेको छ ।’ कार्यक्रम उद्घाटनपछि शुभकामना मन्तव्य राख्दै उनले भनिन्- ‘यसले हाम्रा नानीहरुको योग्याता, क्षमता र दक्षतालाई सबैसामु चिनाएको छ ।’
कार्यक्रममा मेचीनगर-७ का वडाध्यक्ष प्रह्लादमणी ओली, ५ का अध्यक्ष कनकबहादुर कार्की, ४ का अध्यक्ष अर्जुन कार्की, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख दिपक भारती, सशस्त्र प्रहरी बिओपी काँकरभिट्टाका प्रमुख, शिक्षासगँ आवद्ध विभिन्न संघ संस्थाका प्रतिनिधि, अविभावक, नगर क्षेत्रका निजि तथा सामुदायीक विद्यालयका विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा उपस्थित सबैलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले स्वागत गरेका थिए । भने अविभावक गोकुल अधिकारीको सचालनमा कार्यक्रम सम्पन्न भएको थियो । मेचीनगर-७ स्थित इटाभट्टामा रहेको यस विद्यालय नृत्य, गायन, खेलकुद सगँसगैँ अतिरिक्त क्रियाकलापमा पनि उत्तीकै सक्रिय छ ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
