मेचीनगर नगरपालिकामा नेपाल बैंकको एक्स्टेन्सन काउण्टर
मेचीनगर । मेचीनगर नगरपालिका कार्यालय परिसरमा नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउण्टर स्थापना भएको छ । आज नगरपालिका कार्यालय भित्र रहेको सो काउण्टरको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० कृष्णबहादुर अधिकारीले विधिवत रुपमा उद्घाटन गरेका छन् ।
प्रमुख अतिथि समेत रहेका सीईओ अधिकारीले मेचीनगरबासीलाई सहज तरिकाले सेवा दिन सकिन्छ भने उद्देश्यले एक्स्टेन्सन काउण्टर स्थापना गरिएको बताए ।
देशभरि बैंकको २२१ वटा शाखा, कोशी प्रदेशमा ३१ वटा शाखा, ५३ वटा एक्स्टेन्सन काउण्टर, झापामा ८ वटा शाखा रहेको छ ।
योसहित मेचीनगरमा नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखा अन्तरगतको ३ वटा एक्स्टेन्सन काउण्टर भएका छन् ।
मेचीनगर नगरपालिका कार्यालयसहित काँकरभिट्टाको मेची भन्सार कार्यालय परिसर र इलाका प्रहरी कार्यालय नजिक एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएको छ ।

कार्यक्रमका विशिष्ठ अतिथि मेचीनगर नगरपालिाका मेयर गोपाल चन्द्र बुढाथोकीले नगरपालिका परिसरमा नेपाल बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएपछि जनतालाई सेवा दिन सहज भएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि सीईओ अधिकारी, मेयर बुढाथोकी, बैंकका कोशी प्रदेशका कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेची भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, आर्थिक प्रशासन प्रमुख पदमबहादुर कार्की, मेची उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष कञ्चन बराल, महासचिव दिनेश शाक्य, मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नविन कोइराला लगायत जनप्रतिनिधि, बैंकका कर्मचारी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । नेपाल बैंक काँकरभिट्टा शाखाका प्रमुख भीमनारायण ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कर्मचारी भानु ढुंगानाले गरेका थिए ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

