बचत गर्ने बानी सिकाउँदै नैनेखाल समूह

धुलाबारी । मेचीनगर–९ थोप्लेविरानमा रहेको नैनेखाल बचत समूहको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले समूहलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने लगायतका निर्णय पारित गरेको छ ।
समूहका अध्यक्ष रुद्रप्रसाद फुयलको अध्यक्षता तथा पत्रकार झुलन रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा रेग्मीले बचत गर्ने बानीको विकासले आर्थिक पाटो मजबुत हुने बताए । कार्यक्रममा समूहका सल्लाहकार समिति संयोजक हरिप्रसाद चापागाईं, सदस्य जयप्रसाद बाँस्तोला लगायतले शु्भकामना मन्तव्य व्यक्त गरेका थिए ।
समूहका सचिव एकराज नेपालले कार्यक्रमको सञ्चालन गरेका थिए भने स्वागत समूहकी उपाध्यक्ष जया रोक्काले गरेकी थिइन् । मासिक दुई सय रुपैयाँ बचत गरिँदै आएको सो समूहमा ४२ जना शेयर सदस्य छन् ।

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...

मेचीनगर । मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण...

इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको...

धुलाबारी । थ्रिडी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक...