सदस्यको आर्थिक अवस्था उकास्न सहकारीको भूमिका महत्त्वपूर्ण : सांसद बजगाई
मेचीनगर । झापा क्षेत्र नं १ ख प्रदेश सभा सदस्य सविना कट्टेल बजगाईले सदस्यको आर्थिक अवस्था उकास्न सहकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छिन् ।
शनिबार मेचीनगर १३ चारआली स्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी सांसद बजगाईले तारापुञ्ज साकोसले सदस्यको हितमा कार्य गर्दै आएको बताइन् ।
उनले आफुपनि यस सहकारीको सदस्य रहेको हुँदा यसको कार्य नजिकबाट नियाल्दै आएको बताइन् । उनले अब जनप्रतिनिधिको हैसियतले प्रदेश सरकारको तर्फबाट यस क्षेत्रका तारापुञ्जसहित सबै सहकारी संस्थाहरुलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिन् ।

चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा सम्पन्न साधारणसभामा संस्थाले विभिन्न विधामा सम्मान गरेको छ । सम्मानित हुनेहरूमा उत्कृष्ट ऋणी तर्फ डम्बर कुमारी अधिकारी, उत्कृष्ट बतचकर्ता तर्फ गोमादेवि रिजाल, उत्कृष्ट बाल बतचकर्ता तर्फ इभान्काश्री बास्तोला, जेष्ठ सदस्य तर्फ युग प्रसाद खनाल, उद्यमशिल तर्फ हरातल खवास, शैक्षिक तर्फ दीक्षा प्याकुरेल र उत्कृष्ट कर्मचारी तर्फ संस्थाकी बजार प्रतिनिधि राधिका घिमिरे रहेका छन् । त्यस्तै संस्थाका संस्थापक अध्यक्ष लिलाप्रसाद भण्डारी, संस्थापक सदस्यहरू महेन्द्र बिलास लुइँटेल, ज्ञानु प्रसाद पौडेल, मञ्जु बराल, मञ्जु कट्टेललाई समेत सम्मान गरिएको व्यवस्थापक मोहन अधिकारीले जानकारी दिए । सोही कार्यक्रममा संस्थाकि सदस्य झापा क्षेत्र नं १ ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित साँसद सविना कट्टेल बजगाईलाई समेत सम्मान गरिएको थियो ।

तारापुञ्ज साकोसका अध्यक्ष टिकाराम रिजालको अध्यक्षताका आयोजना भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लिलाप्रसाद भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी संस्थाकी सदस्य सुशील रिजाल, सस्थाका संस्थापक सदस्यहरु महेन्द्र बिलास लुइँटेल, ज्ञानु प्रसाद पौडेल, मञ्जु बराल, मञ्जु कट्टेललगायतको आतिथ्यता रहेको थियो । तारापुञ्ज साकोसका उपाध्यक्ष दुर्गा प्रसाद निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश चापागाईंले गरेका थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
