धुलाबारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालन
धुलाबारी । ७७ वटै जिल्लामा शाखा विस्तार गरिसकेको राष्ट्रिय वाणिज्य बैंकले झापाको मेचीनगर–१० स्थित धुलाबारीमा आफ्नो २५९ औँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।
शनिबार होटल रोयल निर्भानमा आयोजित एक कार्यक्रमकाबीच झापा १ प्रदेश (क) का प्रदेश सभा सदस्य गोपाल तामाङले बैंक शाखा कार्यालयको औपचारिक उद्घाटन गरे । औपचारिक कार्यक्रम पूर्व प्रमुख अतिथि तामाङले रिविन काटेर बैंकको धुलाबारी शाखा कार्यालय उद्घाटन गर्दै ताम्रपत्र समेत अनावरण गरेका थिए ।
औपचारिक कार्यक्रमको उद्घाटन् पानसमा दीप बालेर गरिएको थियो । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि तामाङले आमनागरिकले सरकारी निकायका कार्यालय र सेवाका कार्यक्रमबाट जनता सन्तुष्ट बन्न नसकिरहेको अवस्थामा राष्ट्रिय बाणिज्य बैंक जनताको बैंक भएको अनुभूति हुनेगरी काम गर्न सुझाव दिए ।
‘सरकारी निकायका हरेक क्षेत्रमा सिण्डिकेट र माफियाहरुको सञ्जाल छ,’ प्रमुख अतिथि तामाङले भने, वाणिज्य बैंकले माफिया चंगुल र सिण्डिकेट तोडेर सेवाग्राहीलाई भरपर्दाे र विश्वसनीय सेवा दिन सक्नुपर्छ ।’ तामाङले शिक्षा, स्वास्थ्य तथा बैंकिङ लगायतका बिभिन्न क्षेत्रमा देखिएको सिण्डिकेट र माफियातन्त्रको जालो तोडन जरुरी रहेको बताए । वाणिज्य बैंङले यस क्षेत्रका उद्योगी व्यवसायीलाई आर्थिक संकट समाधान गर्न टेवा पुग्ने विश्वास समेत व्यक्त गरे ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्यक्रमको औचित्य प्रकाश पार्दै स्वागत गरे । श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक देशका ७७ वटै जिल्लामा स्थापना भइसकेको र देशमै ‘क’ वर्गका २७ बैंक मध्ये पहिलो र उत्कृष्ट बैंक राष्ट्रिय वाणिज्य बैंक भएको दावी गरे । आघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब बढी नाफा कमाउन सफल भएको र देशभर ३५ लाख बढी सदस्य रहेको बैंकले जनाएको छ । आगामी एक वर्ष भित्र ३ सय शाखा पुर्याउने लक्ष्यका साथ शाखा विस्तारलाई तीब्रता दिँदै आएको श्रेष्ठको भनाइ छ ।
वरिष्ठ कार्यकारी अधिकृत श्रेष्ठले सरकारी कार्यालयमा देखिने ढिलासुस्तीको अन्त्य गर्दै निजी क्षेत्रका बैंकभन्दा भरपर्दाे सेवा दिने तयारी रहेको बताए । वाणिज्य बैंकमा आर्थिक तरलता नभएको र यस क्षेत्रका उद्योगी व्यवसायीका लागि भरपर्दाे श्रोत वाणिज्य बैंक भएको दाबी गरे ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपाकी जिल्ला सदस्य सुनिता शर्मा, मेची उद्योण वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, मेचीनगर नगर शिक्षा अधिकृत होम भण्डारी लगायतले शुभकामना दिँदै वाणिज्य बैंकको सेवालाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।
बैंकका प्रबन्धक मनिराज तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय कार्यालयका म्यानेजर जितेन्द्रसिंह थापाले गरेका थिए ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

