अग्नीको पक्षमा स्वतन्त्र युवाहरुले गरे मोटरसाइकल र्याली
मेचीनगर । ‘युवाको आवाज विकासका लागि अग्नी खरेल’ नाराका साथ स्वतन्त्र युवा समुहले मेचीनगरमा १०० वटा मोटरसाइकलमा र्याली सम्पन्न गरेका छन् ।
मंगलबार ईटाभट्टाबाट १०० वटा बाइकमा युवाहरुले मेचीनगरको काँकरभिट्टा, बाहुनडाँगी हुँदै भृकुटि लगायतका ठाँउमा र्याली प्रदर्शन गरेका हुन् ।
दिउसो २ वजे ईटाभट्टादेखि सुरु गरेको मोटरसाइकल र्याली मेचीनगरको विभिन्न ठाँउमा घुमेर बेलुका ५ वजे ईटाभट्टामा कोणसभा गरेर सम्पन्न भएको थियो ।
कोणसभामा स्वतन्त्र युवा समुहका सारंश ढुगाना, हेमन्त गिरी लगायतले विकासको मोडल बोकेका झापा–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्नी खरेललाई जिताउन मेचीनगरका विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरिएको बताएका थिए ।

काठमाडौँको बागमति खोला नजिक सुविधानगरमा मदन भण्डारी पार्क, गौरादहको थुप्रै ठाँउ र बिर्तामोडको डोमालाल राजबंशी रंगशाला, मोहनमाया मावि लगायतका क्षेत्रमा खरेलको योगदान अतुलनिय रहेकोले विकासप्रेमी उम्मेदवारको पक्षमा स्वतन्त्र युवा समुह उभिएको समुहका युवा नेता निशेष पाठकले बताए ।
कानुन मन्त्री समेत भइसकेका खरेलले शिक्षा मन्त्री हुँदा ईटाभट्टाको आदर्श माविको टिनको छानो पानीले चुहिएका बेला मर्मतका लागि २६ लाख रुपैयाँ स्कुललाई पठाईदिएको पाठकको भनाई छ ।
‘क्षेत्र नम्बर १ मा विकास चाहिँएको छ’, ढुंगानाले भने–‘त्यसैले पनि खरेललाई जिताउन स्वतन्त्र युवाहरु आतुर भएका छौँ ।’

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
