म रुचाइएको उम्मेद्वार– खापुङ

काँकरभिट्टा । जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट झापा क्षेत्र न. १ (ख) का उम्मेद्वार ओमप्रकाश खापुङले चुनाव जित्नेमा आफू आशावादी रहेको बताएका छन् ।
चुनावी प्रचारलाई तीब्र पारिरहेका उम्मेद्वार खापुङले शनिबार पत्रकारसँगको भेटघाटका क्रममा आफ्नो जित निश्चित भएको दाबी गरे । ‘म यतिखेर मतदाताको घरदैलोमा पुगिरहेको छु,’ खापुङले भने, ‘यसपाली मतदाताले समाजमा केही गर्न सक्ने युवाको खोजी गरेका छन् । यस मानेमा म युवा वर्गको नेतृत्व गर्न सक्षम छु ।’
उम्मेद्वार खापुङले विगत १८ वर्षदेखि विभिन्न संघसंस्थामा रहेर काम गरेको युवा भएकाले पनि आफूबाट मतदाताले धेरै भरोसा गरेको बताए ।
जसपाका मेचीनगर अध्यक्षसमेत रहेका खापुङले अन्यत्र एमाले पार्टीसँग तालमेल भए पनि झापामा भने एकल प्रतिस्पर्धामा आफूहरु उत्रिएको जनकारी दिए । उनका अनुसार झापाका पाँटवटै निर्वाचन क्षेत्रमा जसपाका उम्मेद्वार एकल चुनावी मैदानमा छन् ।
झापा क्षेत्र न. १ को प्रतिनिधि सभा उम्मेद्वारमा राधा थापा, प्रदेश (क) मा मीरा कार्की र (ख) मा खापुङ चुनावी मैदानमा उत्रिएका हुन् । उम्मेद्वार खापुङले विजयी हुँदै गर्दा यस क्षेत्रको विकासमा पारिवारिक स्वार्थभन्दा माथि उठेर समाजको हितमा काम गर्ने वचन दिए ।

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...

मेचीनगर । मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण...

इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको...

धुलाबारी । थ्रिडी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक...