‘अवस्था र व्यवस्था बदल्न उम्मेद्वार बनेको हुँ’


नेपालका लागि नेपाली पार्टीका तर्फबाट झापा क्षेत्र नम्वर १ मा प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार बनेका मुकुन्द दाहालसँग खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेलले गरेको चुनावी वार्ता :

तपाईँ नेपालका लागि नेपाली पार्टीका तर्फबाट झापा क्षेत्र नं. १ मा उम्मेद्वार बन्नुभएको छ । तपाइँको उम्मेद्वारी के(का लागि ?
देश संकटको अवस्थाबाट गुज्रिरहेको छ । राष्टू बचाउन, धर्म र संस्कृति जोगाउँदै विद्यमान व्यवस्थाका गलत पाटोको समूल अन्त्य गर्नुछ । मेरो उम्मेद्वारीको मूल आशय यहि नै हो । नेपाली जनताको अवस्था र यो व्यवस्थालाई सुधार्नका लागि उम्मेद्वार बन्ने आँट गरेको हुँ । एकै शब्दमा भन्नु पर्दा अहिलेको अवस्था र व्यवस्था दुवै बदल्नका लागि मेरो उम्मेद्वारी हो ।

तपाईँ जनतासँग के(कस्ता प्रतिवद्धता लिएर जाँदै हुनुहन्छ ?
जनताहरुसँग मैले भोलि पूरा गर्न नसक्ने आश्वासनहरु बाँडेको छैन । जुन हिजो ठूला पार्टीहरुले दिने गरेका आश्वासनहरु मसँग केही पनि छैनन् । तर, हामी राष्टूको रक्षा गर्छौँ । धर्म, संस्कृति जोगाउँछौँ । गरीब जनताहरुको पक्षमा भरपूर रुपमा आवाज उठाउँछौँ । नातावाद र कृपावादका कारण राष्टूको ढुकुटी सही ढंगले परिचालन हुन सकेको छैन । यो अवस्थालाई हामीले चिर्दै जनतालाई सहज तरिकाले व्यवसाय गर्ने वातावरण बनाउँछौँ । देशको वर्तमान प्रणालीमा नेताहरु मोटाइरहने र जनताहरु भने दुब्लाउँदै जाने स्थिति छ । यो सबैलाई विदितै छ । यो बेथितिको स्थितिको अन्त्य गर्न म व्यवसाय गर्दै गरेको व्यक्ति राजनीतिक क्षेत्रमा आउनुपर्ने बाध्यता भयो । सरकारले करको दायरा बढाएर ढाड सेक्ने काम गर्दै आएको छ । तर, विकासको गति भने सुस्त छ । सरकारले विकास कार्यमा लगानी गर्न सकेको छैन । विकासका कामलाई अघि बढाउँदै जनताको जीवनस्तरलाई उकास्ने काममा हामी ध्यान दिने छौँ ।

तपाईँले चुनाव जित्नुभयो भने के-के गर्नुहुन्छ ?
पहिलो त मेरो सैद्धान्तिक कुरामा फोकस छ । झापा क्षेत्र नं. १ का जनताले ठूला पार्टीका अगाडि नेपालका लागि नेपाली अभियानले के नै पो गर्न सक्ला र भन्ने सोच्नुभएको होला । तर, त्यस्तो होईन । हामी अवसर पाए सैद्धान्तिक रुपमा आमूल परिवर्तन गर्न सक्छौँ । नेपालमा सनातन हिन्दू, किराँत, बौद्ध धर्मसहितको हिन्दू राष्टू कायम गर्ने हाम्रो लक्ष्य हो । यो क्षेत्रमा नदी कटानका समस्या छन् । किसान समस्यामा छन् । उत्तरी क्षेत्रमा हात्ती आतंकको समस्या छ । हात्ती आतंकको समस्यालाई दीर्घकालिन रुपमा समाधान गरिनेछ । सुपारी खेतीलाई बजारिकरण गरिनेछ । सुपारीको थप बजार पहिचान गरी व्यावसायिक बनाइनेछ ।

जनताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
हामीलाई उहाँहरुले स्वागत गर्नुभएको छ । पुरानालाई बाई गर्छौँ र नयाँलाई हाई गर्छौँ भन्नुभएको छ । धर्म संस्कृति बचाउने र राष्टू जोगाउने तपाईँको अभियानलाई हामी समर्थन गर्छौँ भनेर खुशी व्यक्त गर्नुभएको छ । कतिपय मतदाताहरु हामी सँगसँगै अभियानमा हिँडिरहनुभएको छ । जनताले हामी जुनसुकै पार्टीमा रहे पनि भोट चाहिँ तपाईँहरुलाई दिएर यो अभियानलाई सफल बनाउन सहयोग गर्छौँ भन्ने वचन दिनुभएको छ ।

गठबन्धन गरेका दुई ठूला दलहरुसँग प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । जित्ने आधार तपाईँका के-के हुन् ?
तपाईँले आजभन्दा पाँच वर्षअघिको आँकलन गरेर ठूला दल भन्नुभयो । यी ठूला दल थिए भने त चुनाव जित्न कहिले कस्को त कहिले कस्को सहारा लिनुपर्दैन थियो होला । आफैँसँग भरोसा र विश्वास नभएका कारण गठबन्धन गरेर चुनावमा उत्रिएका हुन् । पूर्व र पश्चिम फर्किएका जात र गोत्र नमिल्ने पार्टीहरु आज एक भएर एउटै कित्तामा उभिन बाध्य भएका छन् । यो हाम्रै अभियानका कारण हो । हाम्रो डरले उनीहरुले गठबन्धन गरेका हुन् । मंसिर ४ मा जनताले यिनीहरुलाई पत्तासाफ गर्नेछन् । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुले पाएको सफलताका कारण उनीहरु आत्तिएका छन् । जनताले विकल्प खोजेका छन् । त्यो वैकल्पिक शक्ति भनेकै हामी हौँ ।
अन्त्यमा मतदातालाई केही भन्नु छ ?
हाम्रा मतदाताहरुले के बुझ्न जरुरी छ भने अब राष्टू जोगाउने की नजोगाउने ? अब धर्म, संस्कृति बचाउने की नबचाउने ? मैले भन्नु यत्ति नै छ । राष्टू जोगाउने जिम्मा अब तपाईँको काँधमा छ । यो निर्वाचनमा शंख चिह्नमा मतदान गरेर राष्टू जोगाउने अभियानमा यहाँहरुले साथ दिनुहुन्छ भन्ने कुरामा म ढुक्क छु । हामीलाई मतदाताहरुले विजयी गराउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।