मेचीनगरका अधिकांश निजी विद्यालयले लत्याए शोक विदा

मेचीनगरका अधिकांश निजी विद्यालयले मानेनन् शोक विदा
मेचीनगर । प्रदेश नं. १ सरकारले वनमन्त्री शेखरचन्द्र थापाको निधनमा विहीवार दिएको शोक विदालाई मेचीनगरका निजी विद्यालयले ठाडो उल्लंघन गरेका छन् ।
प्रदेशका बहालवाला मन्त्रीको निधनमा प्रदेश सरकारले सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको थियो । तर, अधिकांश निजी विद्यालयले भने प्रदेश सरकारको निर्णय लत्याउँदै विद्यालय सञ्चालन गरेका हुन् । शोक विदामा पनि स्कूल सञ्चालन गरेर निजी विद्यालयले मनोमानी गरेको देखिन्छ ।
प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालले विद्यालयमै शोक सभा गरेर पढाइ सुचारु गरिएको बताए । उनले सरकारी निर्णयलाई मान्दै आए पनि आकस्मिक भएका कारण विद्यालय सञ्चालन गर्नु परेको स्पष्ट पारे ।
यता, एनप्याब्सन मेचीनगर अध्यक्ष भगिरथ राई आबद्ध स्कूल अरुणोदयमा पनि शोक विदा भएन । उनले ढिलो सूचना पाएका कारण अभिभावकलाई जानकारी गराउन नसिकएको बताए । राईले लगातार तीन दिन विदा पर्ने भएकाले विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर विहीवार स्कूल सञ्चालन गरिएको जानकारी दिए ।
मेचीनगर नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले सरकारी विदा सबैले मान्नु पर्ने बताए । यद्यपि, मेचीनगरका अधिकांश निजी विद्यालय शोक विदामा सञ्चालन गरिएको बारे जानकारी लिने बताए ।

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...

मेचीनगर । मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण...

इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको...

धुलाबारी । थ्रिडी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक...