एमालेले चिया मजदूरका समस्या समाधान गर्छ : अग्नी खरेल
झापा । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नी खरेलले नेकपा एमालेले किसान र मजदूरलाई विर्सेर अघि नबढ्ने बताए ।
उनले मंगलबार नकलबन्दा टि–स्टेटका मजदूरहरुका समस्या बुझ्दै बर्गीय असमानताको पक्षविरुद्ध लडेको एमाले तल्लो वर्ग र समुदायसँग जोडिएको पार्टी भएको धारणा व्यक्त गरे ।
“जब एमालेको सरकार बन्छ, श्रमिकको न्यूनतम ज्याला, सामाजिक सुरक्षा कोष, गरीब, विपन्न र असहाय र सुकुम्वासीको हितमा काम सुरु गर्छ”, उनले भने, “तर जब कांग्रेसको सरकार बन्छ । एमाले सरकारले निर्णय गरेको कुरा पनि कार्यान्वयन हुँदैन ।”
उनले नेकपा एमालेको सरकारकै पालामा श्रमिकहरुको ज्याला रु.१५ हजार पुर्याएको र अब बन्ने एमाले सरकारले न्यूनतम ज्याला रु २५ हजार पुर्याउने उनीहरुलाई जानकारी दिए । खरेलले नेकपा एमालेको हालै सार्वजनिक भएको घोषणा पत्रमा श्रमिकको ज्याला रु.२५ हजार तोकिएको र त्यसलाई सरकार बने लगत्तै व्यवहारमा कार्यान्वयन गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश सभा (क) का उम्मेद्वार रविन कोइरालाले जनता र मजदूरको अभिभावक पार्टी एमालेले घरवारविहीनलाई बसोवासको व्यवस्था मिलाउने बताए । उनले भने, “बगानबाट रिटायर्ड भएका मजदूरको भविष्यमा बसोवासका लागि नेकपा एमालेले एकीकृत बस्तीको व्यवस्था गर्ने उनीहरुसमक्ष प्रतिवद्धता व्यक्त गरे ।
चिया मजदूर संघको केन्द्रीय महासचिव रामबहादुर राईले एमालले बनाएको ऐन, कानुनलाई समेत बर्तमान गठबन्धन सरकारले कार्यान्वयन नगर्दा मजदूरहरु समस्यामा परेको बताए ।
एमाले सरकारले नै २०७४ सालमा श्रम ऐन बनाएर मजदूरको रोजगारी, सामाजिक सुरक्षाकोषको ग्यारेन्टी गरे तापनि कार्यान्वयन हुन नसकेको बताउँदै भने, “अब एमालेलाई जिताउनुपर्छ, एमालेले मात्र ऐन र कानुनमा लेखिएको कुरालाई व्यवहारमा लागु गरेर मजदूरको उत्थान गर्नेछ ।”
उम्मेद्वारको स्वागतमा बगानमा एकसय बढी मजदूरहरु भेला भएर आफ्ना समस्या राखेका थिए ।
काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ...
मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६...
काँकरभिट्टा । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर ९काँकरभिट्टा एफटिसी०...
काँकरभिट्टा । काठमाडौँका एक जना व्यवसायी झापाको काँकरभिट्टाबाट...
मेचीनगर । मेचीनगरमा मानवसेवा आश्रमको उद्घाटन तथा वृहत...