जनताको समस्या नै हाम्रो एजेण्डा हो : अग्नि खरेल
मेचीनगर । जनताका समस्या नै आफ्नो एजेण्डा रहेको झापा क्षेत्र नं।१ का उम्मेद्वार अग्नि प्रसाद खरेलले बताएका छन् । चुनावी घरदैलो अभियानका क्रममा शनिवार मेचीनगर–४ पुगेका खरेलले जनताका समस्या नै आफ्नो एजेण्डा रहेको बताएका हुन ।
एमाले स्थायी कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज पुर्व कानुन मन्त्री एवम् पुर्व महान्यायाधिवक्ता खरेलले एमाले जनताको पार्टी भएको बताउँदै उनले आफु त्यसको सेवक भएको बताए । उनले भने जनता समक्ष एमालेले २० कामको ग्यारेन्टी गरेको छ । बाँहुनडागीको हरेक समस्या समाधानको ग्यारेन्टी चै म लिन्छु । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा झापा जिल्ला सह इन्चार्ज तथा क्षेत्र १ प्रदेश क का उम्मेद्वार समेत रहेका रविन कोइरालाले यस क्षेत्रको विकासका लागि आफु प्रतिबद्ध रहेको बताए ।

झापा क्षेत्र नं १ निर्वाचन अभियान अन्र्तगत आज मेचीनगर-४ का मतदाताहरु सँग भेटघाट गरिएको हो । घरघरमा कार्यकर्ता टोलटोलमा उम्मेद्वार भन्ने मूल नाराका साथ एमाले झापा १ जनताहरुको घरघरमा पुगेको छ ।



मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
