उम्मेद्वारलाई बगानका मजदुरले भने : ज्याला बढाई दिनु पर्यो
बुद्वशान्ति । झापा–१ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नी खरेल र प्रदेशसभा सदस्य ‘ख’ का उम्मेद्वार सविना बजगाईलाई वर्ने चिया बगानका मजदुरहरुले ज्याला बढाई दिन माग गरेका थिए ।
मंगलबार बुद्वशान्ति–४ मा एमाले र राप्रपाको संयुक्त चुनावी घरदैलो कार्यक्रममा सहभागी चिया बगानका मजदुरहरुले एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार खरेल र राप्रपाका तर्फबाट प्रदेश ‘ख’ की उम्म्द्वार बजगाईहरुलाई सो कुरा माग गरेका हुन् ।
चिया बगानका मजदुर कुमार लिम्बुले सरकारले ज्याला तोकिदियो । २/२ वर्षमा ज्याला बढ्नु पर्ने हो । तर अहिलेसम्म ज्याला नबढेकोमा उनले उम्मेद्वारलाई गुनासो सुनाए ।
कानुन मन्त्री समेत भइसकेका नेता खरेलले एमालेकै सरकारमा मजदुरको ज्याला निर्धारण गरिएको बताए । उनले कांग्रेसको सरकारले बढाएन, तर अब एमालेको सरकार आएपछि त्यो लागु हुने ठोकुवा गरे ।
अहिले हाल सरकारले तोकेको दैनिक ४३५ रुपैयाँ ज्याला मजदुरले पाईरहेका छन् । २/२ वर्षमा बढ्नु पर्ने ज्याला नबढेकोमा मजदुर चिन्तित भएका छन् ।
बुद्वशान्ति–४ का आम जनताले खानेपानी, सिँचाई, बाटो, सामुदायिक स्कुल, सुकुमबासी, हात्ती लगायतका समस्या समाधान गरिदिन उम्मेद्वारलाई आग्रह गरेका थिए ।

नेता खरेल र बजगाईले कांग्रेस र माओवादी जस्तो ५ वर्षमा एक पटक आउने पार्टी होइन एमाले, सधै तपाईहरुको साथमा रहेकोले हामीले जितेको ४/५ महिनापछि धमाधम काम गरेर देखाउने दावी गरे ।
चुनावी घरदैलो कार्यक्रममा निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाई, सचिव टिकाराम मंग्राती, एमालेका नेताहरु घनश्याम अधिकारी, कृष्ण कनाल, निरु परियार, बुद्वशान्ति गाँउपालिकाकी पूर्व उपाध्यक्ष मिरा भुर्तेल, राप्रपा प्रदेशकी समानुपातिक उम्मेद्वार सुनिता शर्मा, राप्रपा प्रदेश ख को निर्वाचन परिचालन कमिटीका सहसंयोजक विशाल कृष्ण बाँस्तोला, शारदा पराजुली, कल्पना डाँगी, अस्मिता खरेल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
बुद्वशान्ति–४ का पूर्व वडाध्यक्ष एवम् निर्वाचन परिचालन कमिटीका संयोजक बुद्विमान जवेगु, वडा इन्चार्ज राजेन्द्र राईले कार्यक्रमको सहजिकरण गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
