चुनावी परिचालन वडा कमिटीको संयोजकमा मिश्र
धुलाबारी । नेकपा एमाले र राप्रपा संयुक्त चुनावी परिचालन कमिटी बनाएर चुनावी प्रचारमा होमिएका छन् ।
मेचीनगरको वडा नं. १० मा सोमवार वडा कमिटीको संयुक्त भेलाले अग्रज एवम् जुझारु एमाले नेता कमल मिश्रको संयोजकत्वमा ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरेको छ ।
झापा क्षेत्र नं. १ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेद्वार अग्नि खरेल र प्रदेश १ का नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेद्वार रबिन कोइरालालाई शानदार बहुमतका साथ बिजयी गराउन दुबै पार्टीको सम्पूर्ण शक्ति परिचालन गरिने संयोजक कमल मिश्रले बताए ।
संयुक्त परिचालन कमिटीमा नेकपा एमाले र राप्रपाका अग्रज तथा युवा नेताहरु समेटिएका छन् ।
सोही बैठकले मिश्रकै संयोजकत्वमा सचिवालय कमिटी चयन गरेको छ । जसको सदस्य सचिवमा धर्मेन्द्र खड्का रहेका छन् ।
बैठकको अध्यक्षता एमालेका वडा कमिटी अध्यक्ष बलराम चिमरियाले गरेका थिए ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
