मेचीनगर-४ : सागसब्जीमा आत्मनिर्भर बनाउन निःशुल्क बीउ वितरण

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा किसानलाई सागसब्जीमा आत्मनिर्भर बनाउने उद्देश्यले टोलटोलमै पुगेर निःशुल्क बीउ वितरण सुरु गरिएको छ ।
मेचीनगर–४ वडा कार्यालयले टोलटोलमै पुगेर वडावासीलाई आजदेखि निःशुल्क बीउ वितरण गर्न सुरु गरेको छ ।
वडाका २३ वटा टोल संस्थामार्फत वडाध्यक्षसहितका जनप्रतिनिधि आफैँ पुगेर किसानलाई उन्नत जातको बीउ वितरण गरेका हुन् ।
‘किसानको हात वडाको साथ’ भन्ने नारा नै तय गरेर वडाले धनियाँ, रायो, चम्सुर, काक्रा, फर्सी, लौकालगायतका बीउ वितरण गरेको वडाध्यक्ष अर्जुन कुमार कार्कीले बताए ।
“वडावासी सागसब्जीमा आत्मनिर्भर बन्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो । उनले भने, त्यसैले हामी जनप्रतिनिधिले किसानलाई प्रोत्साहन गर्न “बीउ नै घरघरमा पुर्याएका हौं ।
वडाध्यक्ष आफैँले बीउ घरमै पुर्याउन आएपछि आफुहरू तरकारी खेतीप्रति उत्साहीत भएको किसानहरू बताउँछन् ।

इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु...

बिर्तामोड । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज...

मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिको...

काँकरभिट्टा । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा बुधबार मेचीनगर...

मेचीनगर । नेकपा (एकीकृत समाजवादी ) ले असोज...

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि...

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...