मेचीनगर-४ : सागसब्जीमा आत्मनिर्भर बनाउन निःशुल्क बीउ वितरण
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा किसानलाई सागसब्जीमा आत्मनिर्भर बनाउने उद्देश्यले टोलटोलमै पुगेर निःशुल्क बीउ वितरण सुरु गरिएको छ ।
मेचीनगर–४ वडा कार्यालयले टोलटोलमै पुगेर वडावासीलाई आजदेखि निःशुल्क बीउ वितरण गर्न सुरु गरेको छ ।
वडाका २३ वटा टोल संस्थामार्फत वडाध्यक्षसहितका जनप्रतिनिधि आफैँ पुगेर किसानलाई उन्नत जातको बीउ वितरण गरेका हुन् ।
‘किसानको हात वडाको साथ’ भन्ने नारा नै तय गरेर वडाले धनियाँ, रायो, चम्सुर, काक्रा, फर्सी, लौकालगायतका बीउ वितरण गरेको वडाध्यक्ष अर्जुन कुमार कार्कीले बताए ।
“वडावासी सागसब्जीमा आत्मनिर्भर बन्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो । उनले भने, त्यसैले हामी जनप्रतिनिधिले किसानलाई प्रोत्साहन गर्न “बीउ नै घरघरमा पुर्याएका हौं ।
वडाध्यक्ष आफैँले बीउ घरमै पुर्याउन आएपछि आफुहरू तरकारी खेतीप्रति उत्साहीत भएको किसानहरू बताउँछन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


