जसपा नेता मेचे एमालेमा प्रवेश

मेचीनगर । जनता समाजवादी पार्टीका केन्द्रीय नेता विष्णुलाल मेचे नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी नीति र नेतृत्वविहीन बन्दै गएको भन्दै जसपा किसान महासंघ केन्द्रीय उपाध्यक्ष समेत रहेका मेचे आज एमालेमा प्रवेश गरेका हुन् ।
उनलाई एमाले केन्द्रीय सदस्य तथा झापा सह-ईन्चार्ज रविन कोईरालाले एमालेमा स्वागत गरेका हुन् । सो कार्यक्रममा एमाले नेतृ रेणुका डागी, निवर्तमान जनप्रतिनिधि सन्तोष मेचे, गोविन्द गिरी, प्रकाश ढुंगानालगायतको उपस्थिति रहेको थियो ।

बिर्तामोड । व्यक्ति मरेर जान्छ, तर उसको विचार...

काँकरभिट्टा । नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...