मेचीनगरमा माओबादी केन्द्रका इञ्चार्जसहित दर्जनौं नेता एमालेमा समाहित
मेचीनगर । झापा क्षेत्र नं १ मा नेकपा माओबादी केन्द्रका नगर कमिटी इञ्चार्ज पुष्प गुरागाईसहित जिल्ला र नगर कमिटीको ठूलो समूह आज नेकपा एमालेमा समाहित भएको छ ।
पार्टी नीति र नेतृत्वविहीन बन्दै गएको भन्दै माओबादी केन्द्रका नेतृत्वदायी नेताहरुले आम चुनावको संघारमा यो आगमनले नेकपा एमालेको बिजय अभिायनलाई झनै सुनिश्चित गरेको एमाले नेताहरुले बताएका छन् ।
एमालेमा समाहित हुनेहरुमा माओबादी केन्द्रका मेचीनगर इञ्चार्ज गुरागाई जिल्ला कमिटीका सचिवालय सदस्य समेत हुन् ।
जनयुद्धकालमा समेत माओबादीको नेता रहेका उनी सहिद परिवारका सदस्य समेत हुन् ।
यसैगरी माओबादी मेचीनगर नगर कमिटीका उपाध्यक्ष उत्तम उत्तम सिठुङ, जिल्ला कमिटी सदस्य एकराज घिमिरे, जिल्ला कमिटी सदस्य टेकेन्द्र चापागाई, मेचीनगर कमिटी सचिवालय सदस्य हरि दाहाल, नगर कमिटी सदस्य निखिल पोखरेल, नगर कमिटी सदस्य पदमबहादुर श्रेष्ठ, नगर कमिटीका पूर्व सदस्य पुष्पादेवी मगर, वाइसीएल जिल्ला कमिटी सदस्य रबिन मेचे, वाइसीएल मेचीनगर उपाध्यक्ष तथा पार्टीका नगर कमिटी सदस्य, सहिद तथा वेपत्ता परिवार समितिका जिल्ला सदस्य निर्मला सुबेदी र मनोज गुरागाई आज नेकपा एमालेमा समाहित भएका हुन् ।
काँकरभिट्टास्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै माओबादी केन्द्रको मेचीनगर नगर कमिटी इञ्चार्ज परित्याग गरेका नेता पुष्प गुरागाईले नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउन नेकपा एमालेमा समाहित हुनु परेको धारणा व्यक्त गरे । साथै उनले हजारौ नेता कार्यकर्ताहरु आज देशलाई सही दिशानिर्देश गर्ने एमालेमा समाहित हुन चाहिरहेको बताए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...