एमाले झापा : गिरी आउट, घिमिरे इन
झापा । नेकपा एमाले झापा पार्टीका जिल्ला सचिवालय सदस्य डम्बरबहादुर गिरीलाई पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्य समेतबाट निष्काशन गरेकाे छ ।
पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले आज एक विज्ञप्ति जारी गरी पार्टीको निर्णय विपरित प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका गिरीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्दै साधारण सदस्यबाट नै निश्काशन गरिएकाे जनाएका छन् ।
नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरी प्रतिनिधि सभा सदस्य पदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन गरेकाे छ । तर गिरीले साे काे विराेधमा आफैंले उम्मेदवारी दिएका छन् ।
पार्टीको सचिवालय सदस्य गिरीलाई कारबाही गरी निश्काशन गरिरहँदा साेही विज्ञप्तिमार्फत मेचीनगर ६ का डिल्लीराम घिमिरेकाे पार्टी सदस्यता फुकुवा गरिएकाे उल्लेख छ ।
एमाले जिल्ला कमिटी सचिवालय सदस्य र निर्वाचन क्षेत्र नं. १ काे संयाेजककाे जिम्मेवारीमा रहेका नेता घिमिरेले मेचीनगर नगरपालिकाकाे उपप्रमुखमा उम्मेदवारी दिएपछि उनलाई पार्टीले निश्काशन गरेकाे थियाे ।
घिमिरेकाे सदस्यता फुकुवा गर्दै एमालेले सञ्चालन गरेकाे सबै कार्यक्रममा सक्रिय सहभागिताका लागि निर्देशन पनि दिएकाे विज्ञप्तिमा उल्लेख छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...