आराध्य बचत तथा ऋण सहकारी संस्थाको सम्पन्न
मेचीनगर । झापाको मेचीनगर ७ मदनबस्ती स्थित आराध्य टोलमा प्रधान कार्यालय रहेको आराध्या बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो सातौं बार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ ।
शनिबार आयोजित संस्थाको बार्षिक साधारण सभा कार्यक्रममा भवानी साकोसका बजार व्यवस्थापन समिति संयोजक चक्र बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खत्री, विशिष्ठ अतिथि मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विकास देवकोटा, पत्रकार प्रकाश पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाले साधारणसभाको अवसरमा ४ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा उत्कृष्ट कर्जा तर्फ कृष्णकुमारी राइृ र सम्ता विक रहेका छन् भने उत्कृष्ट बचत कर्ता तर्फ सुमन गुरुङ र तरवाला राजवंशी रहेका छन् । उनीहरुलाई सम्मान पत्रले सम्मान गरिएको संस्थाका व्यवस्थापक दुलप मेचेले जानकारी दिए ।
त्यस्तै सहकारी संस्थाले आफ्नो बार्षिक उत्सवको अवसरमा मेचीनगर ७ स्थित काँकरभिट्टामा रहेको जागृत अनाथ बाल आश्रमलाई नगद दश हजार सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत बर्षेनी विभिन्न क्षेत्रमा सहयोग युर्याउदैं आएकोमा यसपटक अनाथ आश्रमलाई सहयोग गरेको जनायो ।
संस्थाका उपाध्यक्ष युवराज आचार्यले बार्षिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य अनुप राजवंशीले स्वागत गरेका थिए ।
संस्थाकी अध्यक्ष गीता राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रम सञ्चालन संस्थाका सचिव कमल ढुङ्गेलले गरेका थिए ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
