शिक्षा सहकारीका प्रतिनिधि धुलाबारीबाट छानिए

धुलाबारी । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको शिक्षा बहुद्देश्यीय सहकारी संस्थाको १० औँ वार्षिक साधारण सभा अन्तर्गत विहीबार धुलाबारी सेवा केन्द्रको प्रतिनिधि छनोट सम्पन्न भएको छ ।
धुलाबारी सेवा केन्द्रबाट करिब ३५ जना प्रतिनिधि छानिएका छन् । छानिएका प्रतिनिधि असोज ११ गते बिर्तामोडमा हुन लागेको साधारण सभाको अन्तिम माइन्युट प्रमाणीकरण कार्यक्रममा सहभागी हुनेछन् ।
धुलाबारीको अतिथि सदनमा इकाइगत प्रतिनिधि छनोट कार्यक्रम अन्तर्गत प्रतिनिधि छनोट भएका हुन् । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षता तथा मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक युवराज निरौलाले लेखाको प्रतिवेदन, ऋण उपसमिति सदस्य लक्ष्मीप्रसाद घिमिरेले ऋण उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।
मुख्य कार्यालयसहित छवटा सेवा केन्द्रमार्फत् सेवा प्रदान गर्दै आएको संस्थामा ४ हजार ६ सय १३ जना सदस्य छन् । ३ करोड ५१ लाख १९ हजार २ सय रहेको संस्थाले चालु आर्थिक वर्षमा शेयर पुँजी ५ करोड ३९ लाख ९७ हजार ४ सय पुर्याउने लक्ष्य राखेको छ ।
संस्थाको शेयर लगानी ३४ लाख १९ हजार २ सय रहेको छ । उक्त सहकारीको नाफा ३० लाख १८ हजार ८४२ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाका सञ्चालक समिति सदस्य चीजा राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्यकुमार खतिवडाले गरेका थिए ।

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा...

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर...

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै...

मेचीनगर । मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण...

इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको...

धुलाबारी । थ्रिडी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक...