अब धुलाबारीमै इन्जिनियरिङ
मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. १० स्थित धुलाबारी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ पढाइ हुने भएको छ । धुलाबारी क्याम्पसले आज पत्रकार सम्मेलन मार्फत नगरमै पहिलो पटक स्नातकमा इन्जिनियरिङ पढाइ हुन लागेको जानकारी दिएको हो ।
लामो समयसम्म त्रिभुवन विश्वविद्यालय मार्फत मानविकी, शिक्षा र व्यवस्थापन विषयमा स्नातक तहको अध्ययन अध्यापन भएको यस क्याम्पसमा पूर्वाञ्चल विश्वविद्यालय मार्फत बिइ इन्जिनियरिङ यसै शैक्षिक सत्रबाट पढाइ हुने भएको क्याम्पस प्रमुख पुष्पराज पौडेलले बताए ।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष भिम खवासले धुलाबारी क्याम्पसले स्थापना कालदेखि नै शैक्षिक गुणस्तरका लागि गर्र्दै आएको इतिहास र वर्तामानको उपलब्धी सम्बन्धि जानकारी गराए । साथै अध्यक्ष खवासले धुलाबमरी क्याम्पसलाई सहयोग गर्ने सबै निकाय र व्यक्तिहरुप्रति धन्यवाद पनि व्यक्त गरेका छन् ।
सिटिभिटिको सिभिल सब ओभरसियर र डिप्लोमा कार्यक्रम पनि सञ्चालन हुँदै आएको यस क्याम्पसमा इन्जिनियरिङका लागि आवश्यक प्रयोगशाला, पुस्तकालय र वातावरणको पनि व्यवस्थापन रहेको इन्जिनियरिङ विभागका प्रमुख रुद्र मैनालीले जानकारी दिए ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
