थेसिस स्कुलले केक काटेर मनायो बाल दिवस
बाहुन्डाँगी । झापाको मेचीनगर–३ स्थित बडाखालमा सञ्चालित थेसिस अंग्रजी माविले विभिन्न रचनात्मक कार्यक्रमहरु गरी ५८औं बाल दिवस मनाएको छ ।
बुधबार विद्यालयमा गत चित्रकला प्रतियोगिता, हिज्जे लेखन प्रतियोगिता, हस्त लेखन प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, नृत्य प्रस्तुती, गायन र विविध विषयमा पुरस्कार वितरण गरी बाल दिवस मनाएको हो । यही अवसरमा प्रथम त्रैमासिक परीक्षामा आन्तारिक र बाह्य मुल्याङ्कनमा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई मेडलले पुरस्कृत पनि गरेको छ ।
विद्यालयको आन्तारिक गतिविधि अन्तरगत चित्रकला प्रतियोगिता, हिज्जे लेखन प्रतियोगिता, हस्त लेखन प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता लगायतका विविध विधाहरुमा उत्कृष्ट विधार्थीहरुलाई मेडल लगाई सम्मान गरिएको उक्त कार्यक्रममा प्याब्सन मेचिनगरले आयोजना गरेको अतिरिक्त कृयाकलापमा उत्कृष्त हुन सफल विभिन्न विद्यार्थीहरुलाई पनि सम्मान गरिएको स्कूल इनचार्ज दिवस लोहारले बताए ।
कार्यक्रममा छिमेकी स्कूल ओसियानिक अंग्रेजी माविले मारुनी नृत्य र स–साना बालबालिकाहरुको जनचेतनामुलक नाटकको पनि प्रस्तुति रहेको थियो ।
केक काटेर उद्घाटन गरिएको उक्त औपचनरिक कार्यक्रमको अध्यक्षता स्कुलका संस्थापक प्रिन्सिपल डम्बर रुचालले गरेका थिए । साथै कार्यक्रममा विद्यालयका पिटिए अध्यक्ष इन्द्र दाहालले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । पिटिए सदस्य बुद्ध पौडेल र जानुका श्रेष्ठको समेत उस्थिति रहेको कार्यक्रमलाई थेसिस इङलिस स्कूल प्रलिका संस्थापक बिनिता बराइली रुचालले स्वागत गरेकी थिइन् ।
उक्त कार्यक्रम स्कुलका शिक्षक अनिल लोहारले सञ्चालन गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...