त्रिदेवका विद्यार्थीले गठन गरे साहित्य तथा कला समाज
![](https://khabarmanchonline.com/wp-content/uploads/2022/09/305995604_1094095451545025_824142151579190622_n.jpg)
मेचीनगर । आइतबार मेचीनगर नगरपालिका वडा नं. १३ स्थित चारालीमा रहेको त्रिदेव बहुमुखी क्याम्पसका विद्यार्थीहरुले त्रिदेव साहित्य तथा कला समाज गठन गरेका छन् ।
विद्यार्थीहरुले बिएड दोस्रो वर्षमा अध्ययनरत अनिश राई संयोजकत्वमा त्रिदेव साहित्य तथा कला समाजको गठन गरेका हुन् । त्यसै गरी विद्यार्थीहरुले सह–संयोजकमा कैलाश रेन्मी, सदस्य सचिवमा कृति घिमिरे र सदस्यहरुमा दावा तामाङ, सागर साम्पाङ राई, दिपा हुमागाईं, रेजिना पोखरेल, साजन प्रदान, स्वस्तिका गौली लगायतलाई छनोट गरेका छन् ।
विद्यार्थीहरुले कला साहित्यको अध्ययन र उत्पादनमा उत्प्रेरण थप्न यो संस्थाको निमार्ण गरेका हुन् । विद्यार्थी उत्सब भट्टराई ‘अज्ञात’ भन्छन् ‘यस संस्थामा हामी कला र साहित्य प्रेमी विद्यार्थीहरु छौँ, साथीहरुमा कला सहित्यप्रति रुचि बढाउन र अध्ययन संस्कृतिको बिकास गराउन यो संस्था खोलीएको हो ।’
त्रिदेव साहित्य समाज अध्यक्ष रोसन पोख्रेल अध्यक्षको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सबैलाई अतिथि बनाइएको थियो । सो कार्यक्रममा प्राध्यापक ढुण्डिराज न्यौपाने, रोहित बराल, केशव पौडेल, विद्यार्थी नेताहरु बिनिता न्यौपाने र प्रतिभा ढकालले शुभकामना मन्तव्य राखेका थिए ।
नयाँ समितिको गठन प्रक्रियामा प्राध्यापक पर्शुराम अधिकारीले सहजीकरण गरेका थिए भने कार्यक्रमको सञ्चनलन विद्यार्थी गुणस्तरीय समूह त्रिदेवका संयोजक उत्सव भट्टराई ‘अज्ञात’ ले गरेका थिए ।
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/Messenger_creation_ec1b0a71-a592-4773-8cde-589e4cba5994-100x100.jpeg)
मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/jhulan-100x100.jpg)
विर्तामोड। डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/UML-MECHINAGAR-100x100.jpg)
साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/praladholi-ffffff-100x100.jpg)
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका...
![](https://khabarmanchonline.com/wp-content/uploads/2024/07/tokiy-100x100.jpeg)
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी...