भानु सहकारीको अध्यक्षमा फेरि गोपाल चुडाल
धुलाबारी । भानु बहुमुखी सहकारी संस्था धुलाबारीको अध्यक्षमा फेरि गोपाल चुडाल सर्वसम्मत चयन भएका छन् ।
शनिवार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा सम्पन्न २१औं वार्षिक साधारण सभाले चुडाललाई फेरि अध्यक्षमा चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा शंकर श्रेष्ठ, सचिवमा लक्ष्मी राई र कोषाध्यक्षमा युवराज बाँस्तोला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा खड्ग नारायण राजवंशी, उर्मिला पोखरेल, नविनकुमार नेपाल, उमा पाण्डे र शेखर शर्मा गुरागाई छन् । यसैगरी लेखा समितिको संयोजकमा विश्वास भण्डारी तथा सदस्यहरुमा रुद्र विष्टर र नविन दाहाल छन् ।
साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी संघका लेखा संयोजक एवम् नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका सिईओ लक्ष्मी उप्रेतीले गरेका थिए । प्रमुख अतिथि उप्रेतीले सहकारीको आवश्यक्ता र सदस्य तथा सञ्चालकहरुले सञ्चालनमा ध्यान दिनुपर्ने विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उप्रेती, मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्की, जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पशुपति नेपाल, राष्ट्रिय सहकारी बैंक धुलाबारीकी व्यवस्थापक मुना घिमिरे, भानु बहुमुखी सहकारी संस्थाका सल्लाकार सदस्य सुशिल आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा ज्येष्ठ सदस्यसरस्वती कटुवाल र सावित्रा डाँगी, उत्कृष्ट ऋणि सञ्जय शाह, मायादेवी दनुवार र वृषलाल राजवंशी, उत्कृट बचत कर्ता विखल चौधरी, मेहरुन खातुन र सिताराम सहनी, उत्कृट बालबचत कर्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।
बाल बचत कार्यक्रम तर्फ प्राची चौधरी, अंकित दास, आयुस श्रेष्ठ र मान्यता थापालाई सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट कर्मचारी साङ्गे शेर्पालाई सम्मान गरिएको छ ।
भानु बहुमुखी सहकारी संस्थाका अध्यक्ष चुडालको अध्यक्षता, स्वागत उपाध्यक्ष शंकर श्रेष्ठले र कार्यक्रमको सञ्चालन व्यवस्थापक चन्द्रा सिटौलाले गरेकी थिइन् ।
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
