मन्त्री सरावगीले गरे साप्ताहिक बजारको उद्घाटन
झापा । भद्रपुर नगरपालिका वडा न. ९ स्थित जमदार चौकमा साप्ताहिक बजार उद्घाटन तथा सांस्कृतिक कार्यक्रम भव्य सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता शिवालय पुहाँतुटोल बिकास संस्थाका अध्यक्ष लक्ष्मी लुइँटेलले गरेका थिए भने प्रमुख अतिथीमा रुपमा प्रदेश–१ का भूमी सुधार तथा सहकारी गरिबी निवारण मन्त्री ओम प्रकाश सरावगीको उपस्थिती रहेको थियो । त्यसै गरी बिशिष्ट अतिथीका रुपमा भद्रपुर नगरपालिकाका नगर प्रमुखको उपस्थिती रहेको थियो । त्यसै गरी अतिथीहरुको रुपमा भद्रपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राम प्रसाद दाहालको उपस्थिती रहेको थियो ।
कार्याक्रममा स्वागत मन्तव्य टोल बिकास संस्थाकी सचिव सकुन्तला चौधरीले गरेकी थिइन् भने कार्यक्रमको औपरिकता माथी भुपेश कार्कीले प्रकाश पारेका थिए ।
दुर्योधन कार्की र रोज बस्नेतले संचालन गरेको उक्त कार्यक्रममा १२०० भन्दा धेरै मानिसहरुको उपस्थिती रहेको संस्थाले दावी गरेको छ ।
कार्यक्रममा रचना रिमाल, श्री कृष्ण लुइँटेल (बोकेदारी) र कुमार बिबाहित उप्रेती लगायत कलाकारहरुको पनि उपस्थिती रहेको थियो ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
