मेचीनगरमा हात्तीको आक्रमणबाट स्कुटर चलाउँदै गरेकी महिलाको निधन
मेचीनगर । झापामा जंगली हात्तीले आक्रमण गर्दा एक महिलाको निधन भएको छ । जिल्लाको मेचिनगर नगरपालिका-९ थोप्लेविरान सामुदायिक वन स्थित भित्री सडक खण्डमा मे ७ प २०४६ नं। को स्कुटी चलाउँदै गरेकी सम्झना श्रेष्ठलाई आज साँझ ५स्४५ मा जंगलबाट आएको हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट गम्भिर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा आम्दा अस्पतालमा धुलाबारीमा १८: ३० मा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए ।
झापामा एक हप्ताको अवधिमा हात्तीको आक्रमणबाट निधन भएको यो दोस्रो घटना हो । मंगलबार बाह्रदशी गाउँपालिका(१ बस्ने देबि बहादुर अधिकारीलाई सोही स्थानमा रहेको मनकामना सामुदायिक वनमा हात्तिले आक्रमण गरेको थियो । उनको उपचारको क्रममा धरानमा निधन भएको हो । आइतबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन उद्घाटन गरेका थिए । व्याट्री, प्यानल बक्स, तार जडित सो मेसिनले हात्ती प्रवेश गर्नासाथ सूचना दिने बताइएको छ ।
झापामा हात्ति आतंकबाट लामो समयदेखि मानिसहरूले ज्यान गुमाउँदै आएका छन् भने आहाराको खोजीमा हिँडेको हात्तीले धेरै भौतिक क्षति समेत गर्ने गरेको छ । बुधबार मात्रै विर्तामोड नगरपालिका-८ देउनियामा रहेको एक मिलमा हात्तीले आक्रमण गरेको थियो ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
