हात्ती आएको थाहा पाउन बाहुनडाँगी बजारमा ‘साइरन’ जडान


बाहुनडाँगी । मेचीनगर–४ मा भारतबाट हात्ती आएको स्थानीयलाई जानकारी दिनका लागि बाहुनडाँगी बजारमा ‘साइरन’ दिने मेसिन जडान गरिएको छ ।

शनिबार सो साइरनको मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् ।

उज्यालो नेपालका पूर्व अध्यक्ष एवम् स्यमसेवक रमेश थापाले सो साइरन मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोग स्वरुप हस्तान्तरण गरेका थिए ।

व्याट्री, प्यानल बक्स, तार र साइरन गरी करिव ६० हजार मुल्य बराबरको साइरनले बाहुनडाँगी बजार आसपास एक किलोमिटर क्षेत्रसम्म आवज सुनिने थापाले बताए ।

साइरनमा मोवाइल एप्स जोडेर प्रत्यक व्यक्तिको हातहातमा हात्ती आएको जानकारी लिन सकिने बताइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ ।

‘साइरन बजेपछि हात्ती आएको थाहा पाइन्छ’ उज्यालो नेपालका स्यमसेवक थापाले भने–‘त्यसपछि घरमै बस्दा पनि मानिसले ज्यान जोगाउन सक्छन् । हात्ती आउदा हात्ती धपाउने होइन कि घरमा लुकेर बस्नु पर्छ ।’

बर्दीयाबाट आएका थापाको टोलीमा कोशी आरक्षणका प्रमुख रमेशकुमार यादव, राष्ट्रिय प्रकृति संरक्षण कोषका विरेन्द्र गौतम लगायत रहेका छन् ।