विद्यालयलाई जग्गा दान गर्ने राजवंशी परिवारकाे विचल्ली
झापा । आफुसंग हुँदा करोडौं मुल्य पर्ने जग्गा विद्यालयलाई दान गर्ने राजवंशी परिवार अहिले आफै विचल्लीमा परेका छन् । विगतमा विर्तामोड–९ स्थित दुर्गा मावि गरामनीलाई करोडौं मुल्य पर्ने जग्गा दान दिएका जग्गादाता स्व.उजारु राजवंशीको परिवार अहिले आर्थिक अभावका कारण विचल्लीमा छन् ।
वि.स २०१२ सालमा स्थापना भएको दुर्गा माविलाई हिजो जग्गाजमिन हुँदा स्व.उजारु राजवंशीले एक बिघा जग्गा दान दिएका थिए । आफ्नो क्षेत्रको बालबालिकालाई अध्ययान गर्न सहज होस भनेर करोडौं मुल्य पर्ने गरामनी बजारसंगै रहेको विद्यालयलाई कित्ता नम्बर १४ को एक बिघा जग्गा दान दिएका थिए । तर, अहिले तीनै जग्गादाता राजवंशी परिवारको अवस्था नाजुक छ । अहिले उनीहरु जग्गा र घरबार बिहिन जस्तै बनेका छन् ।
अभावका बिच जग्गादाता उजारु राजवंशीको गत बुधबार मृत्यु भएको छ । अहिले उनको परिवारमा क्रियाखर्च समेत जुटाउन सकिरहेको छैनन्। जग्गादाता उजारु राजवंशीको निधनपछि उनको परिवार झनै समस्यामा परेका राजवंशीका आफन्त बताउँछन् ।
हुँदा बिघौं जग्गा दान गर्ने राजवंशी परिवारको अहिले सम्पत्तीको नाममा एक कठ्ठा जग्गा र पानी समेत नओत्ने जिर्ण घर मात्रै छ । विद्यालयलाई सहयोग गरेका राजवंशी परिवार अहिले विचल्लीमा परेपछि त्यसतर्फ विद्यालयले पनि चासो दिएको बताएको छ । अहिले जग्गादाता राजवंशीको परिवार बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान संचालन सुरू गरिएको दुर्गा माविका प्रधानाध्यापक कृष्णप्रसाद पाठक बताउँछन् ।
यता स्थानीय जनप्रतिनिधीले पनि दुखमा परेको राजवंशी परिवारको लागि सकेको सहयोग गर्ने बताएका छन् । साथै उनीहरुले विद्यालयको तर्फबाट राजवंशी परिवारलाई आवश्यक समन्वय गर्नु पर्ने प्रतिक्रिया दिएका छन् ।
काठमाडौं । नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको...
झापा । लीलालेखनका अभियन्ता कृष्ण बरालको सातौँ कृति...
मेचीनगर । झापाको मेचीनगरमा पठन संस्कृतिको विकास गराउन आगामी...
मेचीनगर । मेचीनगर-१० धुलाबारी निवासी समाजसेवी सोम ओझाले...
झापा । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२...
मेचीनगर। झापाको मेचीनगर-८ स्थित “इटाभट्टा फुटबल क्लब”ले प्रथम...
झापा। झापामा बाढीमा बगेर दुई जना बेपत्ता भएका...