भदौ ३ गतेदेखि चलचित्र ‘माइकल अधिकारी‘ प्रदर्शनी हुने
बिर्तामोड । नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी‘ भदौ ३ गतेदेखि देशभर एकैसाथ प्रदर्शनी हुने भएको छ ।
प्रदर्शनको अन्तिम चरणको प्रचारप्रसारको लागि चलचित्रको टिम यतिबेला देशव्यापी प्रचारप्रसारमा निस्केको छ । यसै क्रममा शनिबार कलाकार सहितको टिम पुर्वको शहर बिर्तामोड, इटहरी र बिराटनगरमा पुगेको छ । कलाकार सहितको टिमले विर्तामोडमा शनिबार पत्रकारसंग भेटघाट गर्दै चलचित्र सम्बन्धि जानकारी गराएको छ ।
उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । साथै उक्त चलचित्रमा स्थानीय कलाकारको समेत भुमिका रहेको छ।

श्री कृष्णअष्टमीको अवसर पारेर देशभरका हलहरुमा प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी‘ राम्रो बनेको निर्माता निरक पौडेलले बताए । चलचित्र हेर्न जाने दर्शकको रकम खेर नजाने बताउँदै उनले भने, चलचित्र हेर्दा दर्शकले भरपुर मनोरञ्जन लिनेमा आफुहरू ढुक्क रहेको बताए । निर्माता निरक पौडेलले सन् २०१५ को कथावस्तुमा फिल्म सुटिङ गरिएको र सरोगेसी आमाको सोच विचारलाई यसमा समेटिएको बताए । सरोगेसी विधि अपनाएका भारतीय सहरमा गरिएको रिसर्च अनुसार कथावस्तु तयार पारिएको पौडेलले बताए ।
करिब एक करोडको लागतमा बनेको चलचित्र झापा र ईलामको बिभिन्न स्थानमा छायाङकन गरिएको छ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
