आसाम डाउन टाउनको छात्रवृत्रि योजना : मेचीनगरमा वृहत अन्तरकृया

मेचीनगर । भारतको आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि भर्नामा पाँच करोड भारुको छात्रवृत्रि उपलब्ध गराउने विषयमा शुक्रबार मेचीनगरमा वृहत अन्तरकृया भएकाे छ ।
आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय समितिकाे आयाेजनामा मेचीनगर- ८ स्थित किरात याक्थुङ चुम्लुङकाे सामुदाहिक भवनमा भएकाे छात्रवृत्रि उपलब्ध गराउने विषयमा वृहत अन्तरकृया भएकाे हाे । कार्यक्रममा विधार्थी र अविभावकहरुकाे बाक्लो उपस्थित रहेकाे थियाे । कार्यक्रममा युनिभर्सिटीका नेपाल कोअर्डिनेटर एवम् नेपाल साझेदार संस्था लक्ष्मी एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक शंकर भट्टराईले ‘यति ठूलो स्कलरशिप योजना पहिलोपल्ट नेपाली विद्यार्थीका लागि आएको उनले बताए । ‘गुणस्तरीय शिक्षा आर्जन गर्न चाहने नेपालीहरुका लागि यसबाट धेरै फाइदा लिन सकिने उनले जानकारी दिए ।’
प्लस टु, डिप्लोमा, स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीले यो छात्रवृत्तिमा पढ्न पाउने कम्तीमा एक सय जना विद्यार्थीले यो छात्रवृत्रिबाट लाभ पाउने उनले जानकारी दिए । छात्रवृत्ति पाउनका लागि अनलाइन कमन टेस्टमा सहभागी बन्नु पर्ने भट्टराईले जानकारी दिए।
शतप्रतिशत छात्रवृत्ति पाउनेले कुनै पढाई शुल्क बुझाउनु नपर्ने भए तापनि पचास प्रतिशत मात्र छात्रवृत्ति पाउनेले पढाई शुल्कको आधा रकम बुझाउनु पर्नेछ । दुई सय पचास फ्याकल्टीमा ६० वटा प्रोग्राम सञ्चालन भइरहेको युनिभर्सिटीमा एसईईपछिको मेडिकल साइन्ससँग सम्बन्धित तीन वर्षे डिप्लोमा, प्लस टुपछिको मेडिकल (पारामेडिकल, नर्सिङ, फार्मेसी आदि), इन्जिनियरिङ, आईटी, मानविकी, वाणिज्य लगायतका विषयमा विद्यावारिधि तहसम्मको पठनपाठन हुँदै आएको छ ।
आसाम डाउन टाउन युनिभर्सिटीमा अध्ययन गर्नेहरुले नेपालको त्रिभुवन विश्वविद्यालय र सीटीइभीटीबाट समकक्षता प्राप्त गर्ने उनको भनाई छ । स्थापनाकालदेखि नै नेपाल पार्टनरको रुपमा लक्ष्मी एजुकेसनले युनिभर्सिटीसँग सहकार्य गर्दै छात्रवृत्रि उपलब्ध गराउने विषयमा शुक्रबार मेचीनगरमा वृहत अन्तरकृया भएकाे छ । जनाउँदै भट्टराईले विद्यार्थीलाई लैजाने मात्र नभएर उनीहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गरेर रोजगारमा पहुँच दिलाउने र सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको बताए । कार्यक्रमकाे सञ्चालन महासंघका संयाेजक ओम प्रकाश खापुङले गरेका थिए ।

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...