स्नाइडर इलेक्ट्रिकले काठमाडौंमा सार्वजनिक गर्यो ‘इलेक्ट्रिसिटी ४.०’ को अवधारणा
ऊर्जा व्यवस्थापन र अटोमेसनको डिजिटल रूपान्तरणमा विश्वव्यापी रुपमा अग्रणी स्नाइडर इलेक्ट्रिकले ‘इलेक्ट्रिसिटी ४.०’ को अवधारणा प्रस्तुत गरेको छ ।
विहीबार काठमाडौंमा सम्पन्न भएको उक्त कार्यक्रमा जलवायु परिवर्तनको चुनौतीलाई सामूहिक रूपमा सामना गर्न साथै दिगोपन र ऊर्जा दक्षतालाई अगाडि बढाउन सहकार्यको आवश्यकता रहेको बताइएको छ ।
शून्य कार्बन उत्सर्जनको द्रुत मार्ग अपनाउने उद्देश्यका साथ मनाइएको ‘इनोभेसन डे’ कार्यक्रमले डिजिटल र दिगो विधिबाट उपभोक्ताको आवश्यकता पूरा गर्दै जलवायु परिवर्तनसँग जुध्न अपिल गरेको हो।
इलेक्ट्रिफिकेशनले उर्जालाई ग्रिन बनाउँछ र डिजिटलले उर्जालाई स्मार्ट बनाउँछ। तसर्थ, ‘इलेक्ट्रिसिटी ४.०’ इलेक्ट्रिक र डिजिटलको समिश्रण हो ।
कार्यक्रममा स्नाइडर इलेक्ट्रिक इन्डिया, जोनल सेल्स भाइस प्रेसिडेन्ट मनिष खण्डेलवालले भने, “नेपाल ग्रोथ मार्केट भएकाले हामीले यहाँ इलेक्ट्रिकल इन्फ्रास्ट्रक्चर र अटोमेसनलाई सक्षम बनाउन सीपीजी र एमएमएम जस्ता उद्योगहरूसँग एयरपोर्टजस्ता महत्वपूर्ण इन्फ्रास्ट्रक्चर निर्माण गर्ने कार्यमा आफ्नो सेवा दिइरहेका छौ।”
कार्यक्रममा विभिन्न निकायका सरकारी अधिकारीहरू, च्यानल साझेदारहरू, वितरकहरूको सहभागिता रहेको थियो ।’इलेक्ट्रिसिटी ४.०’ नयाँ प्रविधि हो जसमा विद्युत र डिजिटलको प्रयोग गरेर स्मार्ट उर्जा निकालिन्छ । यसले डिकार्बोनाइज, विकेन्द्रीकरण र थप दिगोपना दिने कम्पनीको विश्वास छ ।
कार्यक्रममा, कम्पनीले आफ्नो ‘ग्रीन प्रिमियम उत्पादन पोर्टफोलियो’ समेत प्रदर्शन गरेको थियो । यी उत्पादनहरूले अस्पताल, डेटा केन्द्रहरू, मुख्य शहरी नेटवर्कहरू (इलेक्ट्रिक ग्रिडहरू, पानी, यातायात) हरूमा सफ्टवेयरको प्रयोग गरेर डिजाइन, सञ्चालन अनि मर्मत गर्न सक्छन् ।
यस कार्यक्रम मार्फत कम्पनीले “ग्रीन योधा दिगोपन” पहल सुरु गरेको जनाएको छ । कम्पनीले यस क्षेत्रका साझेदारहरूका लागि ‘सस्टेनेबिलिटी इम्प्याक्ट अवार्ड” पनि सुरु गरेको छ।
शून्य कार्वन उत्सर्जन गर्ने नीति अनुसार स्नाइडर इलेक्ट्रिकले विश्वका धेरै कम्पनीहरूसँग सहकार्य गरिरहेको छ ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
