कोलकाता सुन्तला महोत्सव : तयारीका विषयमा काँकरभिट्टामा भव्य छलफल
काँकरभिट्टा । आगामी डिसेम्बरको दोस्रो साता कोलकातामा हुने सुन्तला महोत्सव र नेपाल–भारतबीच पर्यटन प्रवर्धन गर्ने उद्देश्यले शुक्रबार काँकरभिट्टामा वृहत छलफल भएको छ ।
छलफलले आगामी २०२२ डिसेम्बर ९, १० र ११ तारिखमा कोलकातामा हुने ‘हिमालयन ओरेन्ज पर्यटन महोत्सव’ का लागि भारतका राज बशु र नेपालबाट अर्जुनकुमार कार्कीको संयोकत्वमा नयाँ समिति बनाउने निर्णय गरेको छ ।

बशु भारतमा ग्रामिण पर्यटनका गान्धीको रुपमा परिचित छन् भने कार्की पर्यटन अभियन्ता र मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष समेत हुन् । आगामी अगष्ट ६ तारिख सिलीगुडीमा हुने वैठकले ‘हिमालयन ओरेन्ज पर्यटन महोत्सव’ का लागि समिति बन्ने कार्कीले बताए ।

भारतसँग प्रदेश नम्बर १ कालाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले काँकरभिट्टामा नेपाल–भारतका सरोकारवालासँग वृहत छलफल आयोजना गरिएको कार्कीको भनाई छ । छलफलमा दुई देशका अधिकांश वक्ताहरुले पर्यटन प्रवर्धनमा जोड दिएका थिए ।

छलफलमा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साह, संविधान सभा सदस्य रविन कोइराला, प्रज्ञा सभा सदस्य शुभद्रा भट्टराई, पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख प्रभात भट्टराई, पर्यटन अभियन्ताहरु भविश्वार श्रेष्ठ, विनोद गुरुङ, एकराज घिमिरे, देवेन्द्र खरेल, बासुदेव खड्का, उदयकुमार श्रेष्ठ, डिएसपी ज्ञानकुमार महतो तथा भारतका पर्यटन अभियन्ता राज वशु, कल्याण राई लगायतले पर्यटन प्रर्वधन गर्न सके दुई देशलाई फाइदा पुग्ने विषयमा चर्चा गरेका थिए । त्यसका लागि दुवै देशका अभियनताहरुले एक अर्कामा सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।

छलफलमा पर्यटन, ट्राभल्स, होटल व्यवसायी संघ, मेचीनगर लेडि जेसिसका प्रतिनिधि, होमस्टे, नौमति बाजा बजाउने महिलाहरु, चित्रकार, परिवर्तन थियटरका कलाकार, देवकोटा पार्कका प्रतिनिधि, ग्रामिण क्षेत्रका उद्योगी–व्यापारी लगायत सञ्चारकर्मीहरुको पनि बाक्लो सहभागिता रहेको थियो ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

