मेचीनगर सरकार : ढुंगागिटी रसिदको १८ लाख खै ?
मेचीनगर । मेचीनगर नगरपालिकाको ढुंगागिटी रसिद काण्डका बारेमा महालेखा परीक्षकको प्रतिवेदनले ‘फिर्ता नभएका सबै रसिदको आय यकिन गरी राजस्व उठाउन’ निर्देशन दिएको छ ।
मेचीनगर नगरपालिकाले गत आवमा स्थानीय नदीहरुबाट उत्खनन हुने ढुंगागिटी र बालुवाको निकासी कर संकलन गर्न कार्यपालिका सदस्य, वडाध्यक्ष र नगर प्रहरीलाई जिम्मा दिएको थियो ।
तर, नगरपालिकाबाट लगिएका रसिदहरु कर उठाउन प्रयोग भए तापनि ती सबै रसिद र राजस्व पालिकामा बुझाइएको थिएन । यही विषयलाई ‘महालेखा परीक्षकको प्रतिवेदन २०७९’ मा उल्लेख गर्दै सबै रसिदको विवरणसहित पालिकामा नबुझाइएका रसिदको अवस्था यकिन गरी राजस्व असुल गर्न सुझाव दिइएको छ ।

प्रतिवेदनका अनुसार कार्यपालिका सदस्य, वडाध्यक्ष र नगर प्रहरीले नगदी रसिद बुझेर नदीजन्य पदार्थ निकासीको कर संकलन गर्दा सबै रसिदको आय यकिन नगरेको र दोहोरो रसिद नम्बर राखी (एउटै नम्बरका दुई खाले रसिद) रकम संकलन गरेको उल्लेख छ ।
नगरपालिकाले आन्तरिक छानविन गर्दा एक सदस्यले १८ लाख ७५ हजार रुपैयाँ कर उठाएको रसिद फिर्ता नगरेको देखिएको र त्यो रकम समेत नगरपालिकाले असुल नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
ढुंगागिटी र बालुवाको निकासी कर उठाउन नगदी रसिदको जिम्मेवारी लिएर राजस्व नबुझाउने वडाध्यक्ष हाल नगरको एक पार्टीका सभापति छन् भने कार्यपालिका सदस्य अर्को एक दलका जिल्ला सदस्य छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
