कोरा च्यालेञ्ज : दार्जिलिङको लेप्चा जगतबाट आइपुग्यो मेचीनगर
मेचीनगर । पर्यटन प्रबद्र्धन गरौंँ तथा साइकल चलाऔँ, स्वस्थ रहौँ भन्ने मूल नाराका साथ कोरा च्यालेञ्ज–२०२२ प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
द हिमालयाज माउन्ट बाइक बिर्तामोड र एमटीबी राइडर्स इलामको आयोजनामा भएको कोरा च्यालेञ्ज भारतको दार्जीलिङबाट सुरु भई झापाको धुलाबारीमा आएर सम्पन्न भएको हो । कोरा च्यालेञ्ज हरेक वर्ष जुलाई १६ तारिख मनाइँदै आएको छ । कोरा च्यालेञ्जमा ५० वा ७५ वा १०० किमी दुरी पार गर्नुपर्ने हुन्छ ।
दार्जिलिङको लेप्चा जगतबाट सुरु भएको साइक्लिङ सुकियापोखरी, नेपालको पशुपतिनगर, हिले, श्रीअन्तु, समलबुङ, सुल्तुङ, सिद्धि दोभान, सलकपुर हुँदै मेचीनगरको बौद्धमोडबाट धुलाबारी आइपुगेको हो ।

कोरा च्यालेञ्ज अन्तर्गत १०३ किलोमिटर दुरी पूरा गरिएको द हिमालयाज माउन्ट बाइक बिर्तामोडका सञ्चालक धनराज थापा मगरले जानकारी दिए । उनका अनुसार दुई दिने उक्त साइक्लिङ प्रतियोगिताको उदेश्यले नेपाल र भारतबीचको पर्यटन प्रवद्र्धनलाई जोड्ने रहेको छ ।
कोरा च्यालेञ्जमा मेचीनगर, बिर्तामोड र फिक्कलका युवाहरु सहभागी थिए । जसमा १९ वर्षदेखि ५४ वर्ष उमेर समूहकाको सहभागिता रहेको थियो । साइक्लिङका क्रममा विभिन्न क्षेत्रको अवलोकन तथा पर्यटन क्षेत्रको प्रचारमा सहयोग पुग्ने विश्वास लिइएको छ । स्थानीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले गतवर्ष झापामै पहिलो पटक मेचीनगरमा साइक्लिङ प्रतियोगिता आयोजना गरिएको थियो ।

मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
