धुलाबारीमा ज्योति विकास बैंकको सेवा सञ्चालन
धुलाबारी । ज्योति विकास बैंक लिमिटेडको शाखा कार्यालय धुलाबारीमा सञ्चालनमा आएको छ । धुलाबारी मोड दक्षिणमा कार्यालय रहेको उक्त बैंकले सोमबारदेखि सेवा सुरु गरेको हो ।
झापामा ज्योति विकास बैंकको यो तेस्रो शाखा कार्यालय हो । यसअघि दमक र बिर्तामोडमा शाखा कार्यालय सञ्चालनमा आइसकेका छन् । देशभर ज्योति विकास बैंकका ११८ औंँ शाखा सञ्चालनमा छन् । त्यसमा ३ विस्तारित काउन्टर तथा ६५ वटा एटीएम सेवा रहेको सो बैंकले जनाएको छ ।

ज्योति विकास बैंक लिमिटेडको शाखा कार्यालय धुलाबारीको उद्घाटन बैंकका पूर्व अध्यक्ष धु्रवकुमार उप्रेतीले गरेका थिए । कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष हरिचन्द्र खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन चिफ मार्केटिङ अफिसर बलदेव थापाले गरेका थिए ।

शाखा कार्यालय सञ्चालनको अवसरमा बैंकले सेवाग्राहीलाई विभिन्न छुटको व्यवस्था गरेको छ । शून्य ब्यालेन्समा खाता खोल्न पाइने, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिष्टे«न गर्न पाइनेलगायत थुप्रै सेवा प्रदान गरेको शाखा प्रमुख विशाल राईले जानकारी दिए ।

मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
