‘कर्मचारीलाई पोस्ने’ गरी आयो मेचीनगरको बजेट
मेचीनगर । मेचीनगर नगरपालिकाले विहीबार नगर सभामार्फत प्रस्तुत गरेको बजेट ‘कर्मचारीलाई पोस्ने’ गरी ल्याइएको छ ।
उपप्रमुख मीना पोखरेलले प्रस्तुत गरेको बजेट अन्तर्गत प्रशासनिक खर्चतर्फ कर्मचारी शीर्षकमा १४ करोड ८३ लाख रुपैयाँ विनियोजन भएको छ । जस अन्तर्गत कर्मचारीको पारिश्रमिकमा ५ करोड ६० लाख, करार सेवामा कार्यरत कर्मचारीको तलब वापत ५ करोड ५० लाख, कर्मचारी पोशाकमा ३० लाख, औषधी उपचार खर्च ५ लाख, महंगी भत्ता २५ लाख, कर्मचारी प्रात्साहन तथा पुरस्कार ३ लाख, कर्मचारी कल्याण कोषमा २ कारोड ७० लाख, कर्मचारी इन्धन ३० लाख र कर्मचारी भ्रमण खर्च वापत १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँकोको बजेट अन्तर्गत प्रशासनिक खर्चतर्फ मात्रै कुल २१ करोड ७२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । कर्मचारीलाई सेवा सुविधा दिने कुरामा मेचीनगर उदार देखिएको छ । तर, अन्य शीर्षकमा भने विगत भन्दा घटाएर बजेट विनियोजन गरिएको छ ।
……………………………..
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
