‘कर्मचारीलाई पोस्ने’ गरी आयो मेचीनगरको बजेट

मेचीनगर । मेचीनगर नगरपालिकाले विहीबार नगर सभामार्फत प्रस्तुत गरेको बजेट ‘कर्मचारीलाई पोस्ने’ गरी ल्याइएको छ ।
उपप्रमुख मीना पोखरेलले प्रस्तुत गरेको बजेट अन्तर्गत प्रशासनिक खर्चतर्फ कर्मचारी शीर्षकमा १४ करोड ८३ लाख रुपैयाँ विनियोजन भएको छ । जस अन्तर्गत कर्मचारीको पारिश्रमिकमा ५ करोड ६० लाख, करार सेवामा कार्यरत कर्मचारीको तलब वापत ५ करोड ५० लाख, कर्मचारी पोशाकमा ३० लाख, औषधी उपचार खर्च ५ लाख, महंगी भत्ता २५ लाख, कर्मचारी प्रात्साहन तथा पुरस्कार ३ लाख, कर्मचारी कल्याण कोषमा २ कारोड ७० लाख, कर्मचारी इन्धन ३० लाख र कर्मचारी भ्रमण खर्च वापत १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
मेचीनगर नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँकोको बजेट अन्तर्गत प्रशासनिक खर्चतर्फ मात्रै कुल २१ करोड ७२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । कर्मचारीलाई सेवा सुविधा दिने कुरामा मेचीनगर उदार देखिएको छ । तर, अन्य शीर्षकमा भने विगत भन्दा घटाएर बजेट विनियोजन गरिएको छ ।
……………………………..

विर्तामोड । झापाको विर्तामोड स्थित हनुमान कम्प्लेक्सको प्राङ्गणमा...

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)...

मेचीनगर । आगामी फागुन २१ गतेदेखि काँकरभिट्टामा ‘मेचीनगर गोल्डकप’...

मेचीनगर । नेकपा एमालेको केन्द्रीय निति अनुसार ‘जरा’...

विर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड–३ स्थित...