काँकरभिट्टा खानेपानी : तीन महिने प्लाम्विङ तालिम

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ तालिम सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाको आयोजनामा तालिम गत चैत १ गतेदेखि सञ्चालन भएको थियो । व्यवसायीक तथा सीप विकाश तालिम केन्द्र भद्रपुरको प्राविधिक सहयोगी रहेको तालिममा मेचीनगर क्षेत्रका १५ जना युवाले सहभागी जनाएका थिए । उनीहरूलाई प्रमाणपत्र वितरण गर्दै सोमबार तालिमको समापन गरिएको छ ।
संस्थाका अध्यक्ष राजकुमार पराजुलीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा मेचीनगर-६ का वडाध्यक्ष ललित बहादुर तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
व्यवसायीक सीप अहिलेको आवश्यकता रहेको बताउदैँ प्रमुख अतिथि वडाध्यक्ष तामाङले नेपालमा दक्ष जनशक्तिको अभाव खड्की रहेको अवस्थामा यी र यस्ता व्यवसायीक तालिमले दक्ष जनशक्ति उत्पादन संगै युवाहरूको रोजगारीमा समेत टेवा पुगेको बताए ।
कार्यक्रममा व्यवसायीक तथा सीप विकाश तालिम केन्द्र भद्रपुरकी प्रमुख कृष्णा श्रेष्ठ, गौतम पौडेल, प्लाम्विङ प्रशिक्षक फागुराम धिमाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष गोविन्द गिरी, कोषाध्याक्ष मीना कुमारी कटुवाल, लेखा समिति संयोजक जीवन थापालगायत विभिन्न संघसंस्थाका पद्धाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
तालिममा सहभागी प्रशिक्षार्थी भक्ती खत्रीले तीन महिने प्लाम्विङ तालिमले आफुहरुलाई रोजगारीका लागि थप सहज भएको बताए । संस्थाका सल्लाहकार सुशील आचार्यले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव दिलिपजङ्ग सुब्बाले गरेका थिए ।

मेचीनगर । झापाको मेचीनगर नगरपालिका र सुनसरीको इटहरी...

मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले...

मेचीनगर । मेचीनगर नगरपालिका भित्रका विद्यालयमा मंगलबार र...

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...