मेचीनगर ८ : घर घरमा बृद्धभत्ता, सडकमा सिसि क्यामेरा
मेचीनगर । स्थानीय तहको निर्वाचनपछि झापा मेचीनगरका विभिन्न वडामा नवनिर्वाचित पदाधिकारीले वडाको कार्यभार सुचारु गरेका छ्न् ।
यसै क्रममा मेचीनगर ८ वडा कार्यालयले जनताको सेवामा सरिक हुँदै जनसेवामा महत्वपूर्ण निर्णय गरेको छ । वडा कार्यालयमा नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेसंगै जनताको सेवामा पहिलो बैठकबाट नै महत्वपूर्ण तीन वटा निर्णय गरेका हुन् ।
वडाध्यक्ष गीरीराज धमला, वडासदस्यद्वय कुन्दन निरौला र बिष्णु भट्टराई, महिला सदस्य मनकुमारी गीरी र दलित महिला सदस्य कविता खनाल सार्कीको संयूक्त बैठकले वडाका रहेका जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता उनीहरुको घरघरमै पुर्याईदिने निर्णय गरेको छ ।
त्यस्तै वडाबासीको शान्ति शुरक्षाका लागि वडाका चोक चोकमा सिसी टिभी जडान गर्ने निर्णय गरेको छ । साथै गरीब तथा जेहेनदार सामुदायिक विद्यार्थीहरुलाई छात्राबृत्ती दिने निर्णय गरेको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...