मेचीनगर-१४ : १ सय गरिब परिवारलाई स्वास्थ्य बिमा
मेचीनगर । स्थानीय तहको निर्वाचनपछि झापा मेचीनगरका विभिन्न वडामा नवनिर्वाचित पदाधिकारीले वडाको कार्यभार सुचारु गरेका छ्न् । निर्वाचनका कारण वडाले सबै सेवा बन्द गरेको थियोे । मेचीनगरको वडा नम्बर -१४ ले पनि वडाको सेवा एक कार्यक्रमबिच सुचारु गरेको छ । वडा कार्यालयमा आयोजित नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रमबिच पद हस्तान्तरणपछी सुचारु भएको हो ।

पहिलो दिन नवनिर्वाचित अध्यक्ष बाबुलाल सुब्बाले १ सय गरिब परिवारलाई स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको छ । त्यसैगरि धाइजनमोडमा शौचालय निर्माण र मेचीनगर-१४ खरघारीमा झोलुङ्गे पुल निर्माण गर्ने निर्णय भएको जनाइएको छ ।
जिबन रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष शंकर पोख्रेल, माओवादी केन्द्रका इन्चार्ज अपुर्ब डागी, नेपाली काङ्ग्रेसका सभापति प्रेम खत्री, नगर परिषद् सदस्य बिन्दा प्रसाई, रेड्क्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललगायतले बिगतमा कार्यसम्पादन गर्दा पुर्ण नभएका कामको पूरा गर्न सबै पार्टिले सहयोग गर्न सुझाव दिएका थिए ।

प्रेम सावाँले स्वागत गरेको कार्यक्रमको संचालन बिपिन काफ्लेले गरेका थिए ।
यसैगरी मेचीनगर-१३ मा अध्यक्ष कृष्ण सिग्देललगायत सदस्यले पनि आजैबाट पदभार सम्हालेका छन् । १२ का नवनिर्वाचित अध्यक्ष मधुसूदन निरौलासहितले वडाको पदभार सम्हालेका छन् ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
