मेचीनगर ११ वडाध्यक्षको पहिलो ‘सप्राइज ’—बिपन्नको घरमा छानो देखि मुस्कान सहितको सेवा

खगेन्द्र घिमिरे
मेचीनगर ।। गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आएसँगै जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ।
मेचीनगरमा बिहीबार सम्पन्न सपथ ग्रहण समारोह लगत्तै वडा नम्बर ११ का वडाध्यक्ष रुद प्रसाद डागीले आफ्नो पदभार सम्हालेका छन् ।
वडा का कर्मचारी,निर्वतमान जनप्रतिनिधि,पाटी प्रतिनिधि ले स्वागत गरेका थिए । उनी सँगै सदस्यहरु शक्ति थेबे,श्याम सिवाकोटी महिला सदस्य बिष्णु गौतम रन्जिता सुन्दास ,कल्पना सुन्दासलाई स्वागत गरेका थिए । सो क्रममा शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो । पदभार ग्रहण गर्नु पूर्व कलश राखिएको प्रवेशद्धार फुल गुच्छाले सम्मान गरिएको थियो ।
सुवेच्छुक वडाबासीहरुले कार्यकक्षमै टिका माला, अविर र खादा पहिर्याएका थिए । उनीहरुले सबैलाई सफल कार्यकालको शुभकामना समेत दिए ।

सोही अवसरमा वडाध्यक्ष डागीले वडाबासीका लागि ६ वडा योजना अघि प्रस्तुत गरेका छन । वडाको गुरु योजना तयार गरी स्वास्थ्य बिमा उपलब्ध गराउने,जोखिमपूर्ण अबस्थामा बसोबास गरेका अतिबिपन्न घरपरिवार लाई सुरक्षित आवासको लागि टिनको छाना भित्र बस्ने ब्यवस्था मिलाउने,धाइजनमा रहेको स्वास्थ्य चौकीको स्तर बृद्धि गरेर आवश्यक उपकरण व्यवस्थापन गर्ने,बिद्यालय जाने उमेर समूहका भर्ना हुन नसकेका बालबालिको पहिचान गरी बिद्यालय भर्ना गर्ने ,वडाका अधिकाषर््ा स्थानीय कषि पेशामा निर्भर रहेको हुनाले कृषि पेशालाइ आधुनिकरण गरेर तरकारीमा आत्मनिर्भर हुन प्रत्येक किसानलाई ट्रनेल निमार्ण गर्ने कार्यक्रम संचालन गर्ने ,वडामा सेवा लिन आउने जनतालाई सरल रुपमा सेवा दिने र मुस्कान सहितको सेवा दिने प्रतिबद्धता राखेका छन ।
वडाध्यक्ष डागीले निर्वाचनको समय र आफु सहित आफ्नो टिमलाई यो अवस्थामा आइ साथ दिनु हुने सबै मतदातालाई धन्यवाद समेत दिएका थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
