मेचीनगर १० को पहिलो निर्णय : प्राविधिक सेवा सहितको निशुल्क हेल्प डेस्क
मेचीनगर । मेचीनगरमा बिहीबार सफद खाएसँगै मेचीनगर नगरपालिका वडा नं १० का नवनिर्वाचित वडा अध्यक्ष नारायण खनालले पदभार समालेका छन् । पदभार सम्हाल्न वडा कार्यालय पुगेका वडाध्यक्ष खनालले पूर्व जनप्रतिनिधिहरुले प्रयोगमा ल्याएका घुम्ने कुर्सीलाई हटाएर काठको कुर्सीमा बसेर पदभार ग्रहण गरेका हुन् । ।
वडा कार्यालयमा सुख सुविधा भोग्न नआएको भन्दै वडा अध्यक्ष खनालले यस अघिको घुम्ने कुर्सी हटाएर काठको कुर्सीमा बसेर पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । जनप्रतिनिधि बन्नु सुख भोगको लागि नभएको बताएका खनालले भने, ‘म सुख सुविधा भोग्न आएको होईन, ‘मलाई घुम्ने कुर्सी चाहिदैन, काठको कुर्सीमा नै बसेर जनताको सेवा गर्छु ।’
वडा अध्यक्ष खनालले वडावासीको सुविधाको लागि प्रविधि र प्राविधिक सेवा सहितको निशुल्क हेल्प डेस्क स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेर पद बहाली गरे । उनले भने, ‘अब वडा कार्यालयमा चाहिने कागजातको फोटोकपी वडा कार्यालयमा नै निशुल्क रुपमा गरिनेछ ।’
वडा अध्यक्ष खनालले पहिलो दिन कर्मचारीहरुलाई सम्बोधन गर्दै कार्यालय समय भन्दा ५ मिनेट आगाडी नै कार्यालयमा आइपुग्न सबैलाई निर्देशन दिएका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
