‘दल भन्दा माथि उठेर काम गर्नेछु’
गौरादह । गौरादह नगरपालिकाका नवनिर्वाचित प्रमुख छत्रपति सुवेदीले दल भन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले मतदातालाई धन्यवाद दिदै भिडियो सन्देशमा निश्चित दलबाट उम्मेद्वार भएपनि अब नगरको विकासका लागि सबै पक्षको नगर प्रमुखभएको बताएका छन् ।
सुवेदीले निर्वाचित गराउन भुमिका खेल्ने सबै प्रति आभार प्रकट गरेका छन् । रोजगारी, स्वास्थ्य शिक्षाका लागि अहोरात्र खटेर सबैको सल्लाह सुझाव सहित अघि बढ्ने छु, सुवेदीले भने, निर्वाचित गराउन भुमिका खेल्ने सबै प्रति कृतज्ञता प्रकट गर्दछु ।
सुवेदीले भनेका छन्, हिजो सम्म कुनै एउटा दलको उम्मेद्वार भएपनि अब बिजय भए पश्चात सबै नगरबासीको नगर प्रमुखको हैसियतमा छु, मैले काम गर्दा सम्पूर्णलाई दल देखि माथि उठेर काम गर्नेछु । सुवेदीले सदैव गौरादहबासीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
