मेचीनगर–८ को वडाध्यक्षमा कांग्रेसका गिरीराज धमला निर्वाचित

मेचीनगर । मेचीनगर–८ नम्बर वडामा गठबन्धनको नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार गिरीराज धमला निर्वाचित भएका छन् ।
सोमबार राति ९ वजेको नतिजा अनुसार वडा नम्बर ८ को ६१३५ मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार धमलाले १७६९ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धि एमालेका विकेन्द्र धिमाललाई २२१ मतको अन्तरले हराएर धमला विजयी भएका थिए । धिमालले १५४८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।
त्यसैगरी एमालेका तर्फबाट उम्मेद्वार बनेकी महिला वडा सदस्य मनकुमारी गिरीले १५७१, दलित महिला सदस्य कविता खनाल सार्कीले १६०४, पुरुष खुल्ला सदस्यमा कुन्दन निरौलाले १४३४ र विष्णु भट्टराईले १४९६ मत प्राप्त गरी बिजयी भएको कार्यालयले जनाएकाे छ ।
धमला २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका उनै धिमालसँग वडाध्यक्षमा पराजित भएका थिए ।
गठबन्धनको कांग्रेसले मेचीनगरमा अहिलेसम्म तीन वटा वडा हात पारेको छ । मेचीनगर–६ र १५ नम्बर वडा नेपाली कांग्रेस र माओवादी केन्द्रले वडा नम्बर १४ जितेको छ ।
वडा नम्बर ७ र ९ को मतगणना भइरहेको छ । त्यसमा ९ नम्बर वडा एमालेको जित नजिक छ भने ७ मा पनि एमाले कै अग्रता छ ।

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं।।१५ ज्यामिरगढीका जयराम...

काँकडभिट्टा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको...

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...